ताजा अपडेट »

गुल्मीमा युवतीको विषयलाई लिएर एकको हत्या, अभियुक्त ८ महिनापछि पक्राउ

आइतबार, १९ बैशाख २०७८, १९ : ४३
2 Shares

गुल्मी । गुल्मीमा हत्या गरेको आठ महिनापछि प्रहरीले अभियुक्त पक्राउ गरेको छ । गएको भाद्र २१ गते राति जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२, हस्तिचौर घर भई वडानम्बर–१, छिनुवामा होटल संचालन गर्ने २३ वर्षीय मोतिबहादुर कुँवरको हत्या गर्ने अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले हत्यामा संलग्न अभियुक्त इस्मा गाउँपालिका वडानम्बर–१ निवासी १८ वर्षका रमेश कुमाल, १८ वर्षकै गोले भन्ने सन्तोष कुमाल र २० वर्षको शुसिल कुमाललाई आइतबार पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको हो । मृतक कुवँरको गत भदौ २२ गते बिहान होटलमै रगताम्य अवस्थामा घाइते फेला परेकोमा उपचारार्थ गुल्मी अस्पताल लैजाने क्रममा मृत्युु भएको थियो ।

अभियुक्तहरुले गत भदौ ३ गते तिजको राम हेर्न राहले जाने क्रमम भएको बिवादका कारणले झगडा भएको प्रहरीलाई बयान दिएका छन् । तिजको राम हेर्न जाँदा केटीलाई कीन लाइट देखाएको भन्ने विषयमा अभियुक्त रमेश र मृतक मोतीबहादुर कुँवर बीच भदौ २१ गते राती होटलमै झगडामा हाना हान भएको प्रहरीलाई वयान दिएका छन् । तीन जनामध्ये अन्य दुई जना घटनामा संलग्न भएको प्रहरीले जनाएको छ । हत्या गरेको लामो समयसम्म अभियुक्त पक्राउ गर्न नसक्दा जिल्ला बासीले प्रहरी माथी प्रश्न उब्जाएका थिए । तर लामो समयपछि भएपनि प्रहरीलाई सफलता मिलेको छ ।

जिल्लामा एकपछि अर्को घटनामा प्रहरीले अनुसन्धानमा सक्रियाता नदेखाएपछि नयाँ प्रहरी प्रमुख एसपी भट्टराईलाई पठाएको थियो । भट्टराई आएलगत्तै जिल्लामा घटेका अधिकांश घटनाहरुमा संलग्न अभियुक्त धमाधम पक्राउ परेका छन् । अभियुक्तलाई सार्बजनिक गरेपश्चात जिल्ला अदालत गुल्मीमा म्याद थप गरिएको छ । मृतक मोति र उनका दाजु यमबहादुरले संयुक्त रुपमा होटल संचालन गर्दै आएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।