ताजा अपडेट »

पश्चिमी र स्थानीय वायुको प्रभाव : मँगलबारसम्म वर्षा

आइतबार, १९ बैशाख २०७८, ०७ : ५९
14 Shares

बुटवल । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बिहानैदेखि रुपन्देहीसहित देशका धेरै जिल्लाहरुको मौसम बदली हुनुका साथै हल्का वर्षा भएको छ । रुपन्देही तथा आसपासका क्षेत्रहरुमा शनिबार साझ पनि हल्पा वर्षा तथा बदली भएको थियो ।

मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका कारण मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा समेत हुने अनुमान गरिएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले देखिएको प्रि-मनसुनको अवस्था मंगलबारसम्म लम्बिने अनुमान गरिएको छ । देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहने विभागले जनाएको छ ।

पहाडी भू-भागका केही स्थानमा मंगलबारसम्म नै साँझपख मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । आइतबार बिहानको हल्का वर्षा ९ बजेसम्ममा रोकिने र दिउँसो र साँझ फेरि सामान्य बदली भई देशका पहाडी भूभागहरुमा हावाहुरी सहित सामान्य वर्षा हुने सम्भावना रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।