ताजा अपडेट »

बाँकेमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु

शनिबार, १८ बैशाख २०७८, १० : ३०
4 Shares

नेपालगन्ज ।बाँकेमा थप ६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ।कोरोना संक्रमणबाट मृत्यु हुनेमा बाँकेका ३ जना र बाहिरी जिल्लाका ३ जना रहेका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर १७ का ४५ बर्षीय पुरुषको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएपनि उनको सोही दिन साँझ ७ बजे पिसीआर पोजेटिभ आएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

त्यस्तै सोही दिन राती साढे ९ बजे नेपालगन्ज ६ की ४७ बर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ।यसैगरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कृष्णनगर ५ कपिलवस्तुका ५१ बर्षीय पुरुषको उपचारका क्रममा गएराती १० बजे र सोही अस्पतालमै कोहलपुर ११ का ३५ बर्षीय पुरुषको गएराती साढे १२ बजे मृत्यु भएको ओलीले बताए।

यता नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १० की ५५ बर्षीया महिलाको शनिबार बिहान ४ बजे मृत्यु भएको छ भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दंगीशरण गाउँपालिका १ दाङका ६० बर्षीय पुरुषको मृत्यु भएको हो। उनको शनिबार बिहानै ४ बजे मृत्यु भएको थियो।यो सँगै हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८
बाहिरी जिल्लाको ११७ पुगेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।