ताजा अपडेट »

रुपन्देहीको देबदहमा बस दुर्घटना, २८ जना घाइते

शुक्रबार, १७ बैशाख २०७८, ०७ : ४८

बुटवल । रुपन्देहीको देबदहमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। काठमाडौ देखि सुर्खेतको लागि छुटेको ना ७ ख ६०४९ नम्बरको बस देबदह गणेशपुरमा गएराती दुर्घटनामा परेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ट्रकलाई ओभरटेक गर्न खोज्दा उच्च गतिमा रहेको बसले अगाडि बिग्रेर राखेको ट्रक देखेर आफ्नो लेनमा फर्किदै गर्दा ब्यालेन्स बिग्रेर सडकदेखि ५ मिटर छेउमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सबै घाइते सामान्य रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।