ताजा अपडेट »

दुई वर्षभित्र मालपोत कार्यालय डिजिटल : प्रधानमन्त्री ओली

बुधबार, ०४ असार २०७६, १४ : ५२
6 Shares

असार ४, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको बताएका छन् । काठमाण्डौंको कलंकीमा बुधबार नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सेवाको काममा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताउए । 

प्रधानमन्त्री ओलीले भने, ‘अब मालापोतमा मात्र होइन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ,’ । प्रधानमन्त्री ओलीले अबको दुई वर्षभित्रमा देशका सबै मालपोत कार्यालयका ढड्डाहरु, पुराना लिखतहरु ‘डिजिटलाइज्ड’ भइसक्ने बताए ।

प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने, उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुनेमा जोड दिए । ‘नेपाललाई आधुनिक दिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठूलो भूमिका छ । 'समृद्ध नेपाल, सुखी नेपाली'को नारा सफल बनाउन पनि प्रविधिमैत्री भएर काम गर्नुपर्दछ,’ ओलीले भने ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।