ताजा अपडेट »

एमालेका यी ४ सांसद जसले मुख्यमन्त्री शाहीको पद जोगाइदिए

शुक्रबार, ०३ बैशाख २०७८, १७ : ५८
6 Shares

बुटवल । कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्ष मत दिएका छन् । फ्लोर क्रस गर्नेमा एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा रहेका छन् ।

योसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो । यसअघि एमालेले शाहीविरुद्ध विश्वासको मतदान दिन आफ्ना सांसदलाई ह्विप जारी गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।