ताजा अपडेट »

कालिगण्डकीको ‘कर्णाली’मा भखर्र मोटरबाटो खनिदैँ

सोमबार, ३० चैत्र २०७७, १५ : ३१
6 Shares

गुल्मी । गुल्मी जिल्लाका अधिकांस साविकका गाविसका वडा र टोल टोलमा मोटर बाटो पुगेका छन । तर गुल्मीको कालिगण्डकी गाउँपालिको वडा नम्वर –६, साविक खड्गकोट गाविसको ४ वटा वडाहरुमा अझै मोटरबाटो सुविधा पुग्न सकेको छैन ।

‘कालिगण्डकी गाउँपालिकाको पुर्वी र दक्षिण पश्चिमका वडाहरुमा पुर्वधार विकास भई रहेको छ । तर उत्तर पुर्वी डाँडापारीको गाउँ विकासको दृष्टिले कर्णाली मानिन्छ । स्थानीय समाज सेवी अशोक शाहीले भने-‘भने जति रकम केन्द्र र प्रदेश सरकारले नदिदा यस वडामा मोटरबाटो खन्न सुरु गरेको ४ बर्ष हुनै लाग्दा पनि अझै सम्पन्न नहुँदा यहाँका दुखी गरिवहरु भिर पहराको बाटो हिड्दा लडेर मर्ने हुन कि भन्ने त्रास अझै कायम छ ।’ अर्का स्थानीयवासी भिमबहादुर थापाले कालिगण्डकीको वराल्ला रन्फाई देखि छिमेकी जिल्ला बाग्लुङ्गको बरेङ्ग सम्मका जनता छोटो दुरीको उक्त सडकले लाभान्वित हुने बताए।‘कालिगण्डकी गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्ष कविराज ढकालले भने–‘ विकासमा पछाडी परेको त्यस गाउँमा विकास पुराउनु पर्छ भनेरै म वडाध्यक्ष भएको हुँ ।’

साविक खड्गकोट गाविस वडा नम्वर ५ , ६ , ७ र ८ नम्वर वडामा स्थानीय तह सम्मको निर्वाचन सम्म मोटरबाटो नखनिए पछि त्यस भेगका हजारौ जनता तिन चार घण्टाको बाटो हिडेर हाल गाउँपालिकाको केन्द्र र पुरानो ब्यापारिक केन्द्र पुर्तिघाट सम्म हिडेर दैनिक उपभोग्य वस्तु किनमेल गर्न आउने जाने गरेका थिए । त्यसैलाई मध्ये नजर राख्दै गत ३ बर्ष अघि देखि कालिगण्डकी गाउँपालिकाले वरल्वा देखि रम्फई सपाङ्गे लुङ्ग सम्म १८ किलोमिटर मोटरबाटो खन्न सुरु गरेको तर अझै पुरा हुन नसकेको स्थानीयवासी पदमबहादुर थापाले बताए । संघीय सरकारबाट आवश्यक रकम आउन नसक्नुका कारण स्थानीय सरकारको बजेटले ढिला काम हुन गएको थापाको बुझाई छ ।

त्यस वरल्वा रम्फाई सपाङ्गदे लुङ बरेङ्ग मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष मित्रबहादुर थापाले पछिल्लो चार बर्षको अवधीमा १ करोड २५ लाख खर्च भई सके पनि कडा चट्टानका कारण काम पुरा गर्न मुस्कील परेको यस आर्थिक बर्षमा ४० लाख कालिगण्डकी गाउँपालिकाबाट परेको तर त्यस रकमले पनि काम पुरा नहुने बताए । कलिगण्डकी गाउँपालिका वडा नम्वर ६ मा दुई वटा डाँडावारी र पारिको वस्ती रहेको छ । डाँडावारीको वस्ती सुगम छ भने डाँडापारीको वस्ती अर्थात साबिक खड्ककोट गाविसको वडा नम्वर ५ , ६ , ७ र ८ नम्वर वडाका झण्डै साढे ३ सय घर धुरी र छिमेकी जिल्ला बाग्लुङ्गको बरेङ्ग गाविस सहित हजारौं जनतता मोटरबाटो अभावमा दुर्गम बनेका छन । यसर्थ उनीहरुलाई सुगम बनाउन आफु लागि परेको त्यहाँका वडाध्यक्ष कविराज ढकालको दावी रहेको छ ।

कालगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापा मगरले उक्त मोटरबाटो अत्यन्तै अठ्रो भिर ढुङ्गै ढुङ्गा भएकोले यस बर्षको बजेटल पनि भ्याउन नसकिने भएकोले आगमी आर्थिक बर्षको बजेट बाट पनि सम्पन्न गर्ने लक्ष्य लिईएको बताउँछन् । उनले भने उक्त सडक कालिगण्डकीको पुर्तिघाट कालिगण्डकी कोरिडोर देखि बाग्लुङ्गको बरेङ्ग गाउँपालिकाको केन्द्र संग जोडिने र त्यहाँबाट माथी घुम्तीको लेक सम्म पुराईने र जसका कारण पर्यटन विकासलाई महत्वपुर्ण सडक हुने कालिगण्डकी गाउँपालिकालाई लागेको छ ।

उनका अनुसार उक्त सडक ८ फिट चौडा बनाईएको छ । उक्त गाउँपालिका गुल्मीको सदरमुकाम तम्घासबाट सुदुरपुर्व झण्डै ७७ किलो मिटरमा पर्दछ । स्याङ्गजा , पर्वत र बाग्लुङ्गको सिमना संग जोडिएको र बिश्वकै विशाल शालिग्राम रहेको सेतीवेनी र सुन्दर मिर्मी ड्याम लगायतकको सदियौं देखिको प्रशिद्ध धार्मिक क्षेत्र भएका कारण पर्यटन विकासका लागि कालिगण्डकी गाउँपालिकाले बिशेष प्राथामिकता दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।