ताजा अपडेट »

‘कम्फर्ट सरकार’को नाममा विदेशी दलालहरुको समर्थन : चित्रवहादुर केसी

मंगलबार, २४ चैत्र २०७७, १५ : ४२
10 Shares

बुुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले पुनस्थापित संसद फेरी विघटनको खेल सुरु भएको बताएका छन् । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको मंगलवार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष केसीले संसदलाई विजनेश नदिएर कामविहिन बनाउन खोजेको बताए । उनले आफैले विघटन गरेको संसदलाई विजनेश दिन अप्ठयारो भएमा नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिए ।

अदालतको फैसला आउँदा साथ राजिनामा दिनुपर्नेमा प्रधानमन्त्रीले उल्टै मुद्दा जिते जस्तो गरी हिड्नु लज्जास्पद भएको टिप्पणी गरे । मुलुकमा प्राप्त उपलब्धि अझै पनि गुम्न सक्ने खतरा भएको दाबी गर्दै उनले अब बन्ने सरकारको नेतृत्व पनि विदेशी शक्ति केन्द्रहरुको चाहनामा बन्ने संकेत गरे । ‘कम्फर्ट सरकारको कुरा बाहिर आइरहेको छ । यो भनेको भारत अमेरीका तथा चीनको समर्थनमा बन्ने सरकार हो ।’–केसीले भने ‘उनीहरुले भनेजस्तो नेपाली जनताले चाहेको सरकार होइन, विदेशी दललाहरुले चाहेको सरकार बनाउने प्रयास भइरहेको छ ।’ आफूलाई राष्ट्रवादी भन्नेहरुले समेत कम्फर्ट सरकारको नाममा विदेशी दलालहरुलाई भन्दै विदेशी दलालहरुको पक्षमा ओकालन भइरहेको उनको आरोप छ ।

असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गर्ने ओलीले राजिनामा दिएर बामपन्थीहरुको संयुक्त सरकार बनाउनुको विकल्प नरहेको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता केसीले संघीयता देशको भौगोलिक, राजनीतिक तथा आािर्थक हिसावले पनि असफल भई सकेको बताए । बामपन्थीहरु एक हुनुुपर्नेमा सरकारले संसदलाई विजनेश दिन प्रधानमन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।