ताजा अपडेट »

वायु प्रदूषणले भरतपुरका सबै उडान अवरुद्ध

मंगलबार, २४ चैत्र २०७७, १० : ५२
10 Shares

भरतपुर। वायु प्रदूषणको प्रतिकूल मौसमका कारण सोमबार चितवनको हवाइ उडान प्रभावित भएको छ ।वायुमण्डलमा ‘भिजिबिलिटी’ कम हुँदा भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरातर्फ हुने उडान प्रभावित भएका हुन् । भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले आज भरतपुरबाट काठमाडौँ र पोखरामा हुने सबै उडान अवरुद्ध भएको जानकारी दिए । प्रदूषणका कारण पछिल्लो एक साता उडान सञ्चालनमा कठिनाइ भएको छ । भरतपुरमा बुद्ध एयरको आठ र यती एयरको चार उडान हुँदै आइरहेको थियो ।यस अघि पनि वायु प्रदुषणकै कारणले पाँच दिनसम्म उडान अवरुद्ध भएको थियो ।

रासस
लेखकको बारेमा
रासस