७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

जेठ २७, काठमाण्डौं । नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेशन (एभीसी) एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितालाई नेपाल उद्योग वाणिज्य महासंघले प्रायोजन गरेको छ । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठबीच प्रायोजनसम्बन्धी सम्झौता पत्र आदनप्रदान भएको छ ।

Advertisement

नेपालमा हुने ऐतिहासिक प्रतियोगिताका लागि महासंघले ऐतिहासिक ४० लाखको प्रायोजन गरेको छ । पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष श्रेष्ठले संघका अध्यक्ष शर्मालाई डमी चेक हस्तान्तरण गरे । सम्झौतापश्चात श्रेष्ठले कुनै पनि खेल मनोरञ्जनका लागि मात्र नभै ब्यवसायिक हुनुपर्नेे धारणा ब्यक्त गरे । भलिबल देशको हरेका भूभागमा खेलिने राष्ट्रिय खेल भएकाले यसको विकास विस्तार र प्रवद्र्धनमा महासंघ सदैव हातेमलो गर्न तयार रहको पनि श्रेष्ठले सो अवसरमा जानकारी गराए । नेपाल भलिबल संघका अध्यक्ष शर्माले सेन्टर जोन भलिबल प्रतियोगिता नेपालकै प्रतिष्ठाको बिषय भएकाले यसको भब्य सफलताका महासंघले पुऱ्याएको सहयोग अतुलनीय रहेकको धारणा ब्यक्त गरे ।

सो अवसरमा नेपाल भलिबल संघकी सदस्य समेत रहेकी अनल ज्योति विद्यालयकी संस्थापक निर्देशक ज्योति केसीले १ लाख, भलिबल संघका सचिव समेत रहेका ढोरपाटन भलिबल क्लबका अध्यक्ष मनवीर छन्त्यालले १ लाख रुपैयाँ दिने घोषणा गरेको थिए । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले प्रतियोगिताका लागि अनुमानित २ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने बताए । साउन ३२ देखि भदौ ८ सम्म चल्ने प्रतियोगितामा नेपाल, बगंलादेश, मालदिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्क्मिनिस्तान, उज्वेकिस्तान गरि ७ देशले प्रतिस्पर्धा गर्ने निश्चित छन् । लिगकम नकआउटका आधारमा संचालन हुने प्रतियोगिताका सहभागि टोलीलाई २ समुहमा विभाजन गरिने छ ।

प्रतियोगिता स्थल पहिलो रोजाई राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहल भए पनि बिकल्पको रुपमा लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा हुने महासचिव चन्दले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले निर्वाचनमा फूलमाला बिक्री बढ्यो