ताजा अपडेट »

चैत, बैशाखमा पनि बोटमै सुन्तला

मंगलबार, १७ चैत्र २०७७, १० : ४४
8 Shares

गुल्मी । सुन्तला पाकेर फुल फुल्ने बेलामा पनि गुल्मीमा बोटमै सुन्ताल देख्न सकिन्छ । बेमौसमी सिजनमा सुन्तलाको बढि मूल्य पर्ने भएपछि गुल्मी जिल्लाको भाडगाँउका कृषकहरुले बोटमै सुन्तला राख्ने गरेका हुन् ।

सुन्तला पाकेर पहेँलो हुने बित्तिकै बोटबाट टिपिहाल्नु राम्रो हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई गुल्मीका वरिष्ठ कृषि बिकास अधिकृत नारायण काफ्ले बताउँछन् । जति ढिलोसम्म बोटमा सुन्तला रहन्छ, त्यसले उल्टै बेफाइदा पुर्याउने उनको भनाई छ । तर गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा भने चैत्र, बैशाख र जेठसम्म नै बोटमा लटरम्म सुन्तला हुन्छन् ।

सुन्तलाको लागि प्रख्यात ठाउँ गुल्मीको भाडगाउँमा फागुनसम्म त प्राय सबैको बगैँचामा सुन्तला हुन्छन् । अहिले भाडगाउँमा सुन्तलाको बोटमा एकै ठाउँ फल र फुल पनि देख्न सकिन्छ । कृषकहरुले बेमौसमी सिजनमा सुन्तलाको बढि मूल्य पर्ने भएपछि बोटमै सुन्तला राख्ने गर्दछन् । भाडगाउँका कृषक प्रदिप मरासनिको सुन्तला बगैँचामा ५ सय बढी बोट छन् । उनले परम्परागत रुपमा बाउँबाजेको पालादेखि नै ढिलोसम्म सुन्तला राख्ने भएकाले नै आफूले पनि राखेको बताए । त्यसबाट सुन्तला उत्पादनमा कुनै कमी भएको महशुस नगरेको कृषक मरासिनीको भनाई छ । उनको सुन्तला बगैँचाबाटै विक्रि हुने गरेको छ ।

सुन्तला खेतीबाट आफू सन्तुष्ट रहेको मरासिनीले बताए । सुन्तला जति ढिलो टिप्यो उति अर्को वर्षको उत्पादनमा घाटा हुनेभएकाले अन्य विधीबाट भण्डारण गर्नुपर्ने कृषि प्राविधिक काफ्लेले बताए । जिल्लामा कृषकले आफ्नो अनुभवलाई मात्र प्रयोग गर्दै सुन्तला खेती गर्ने गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।