ताजा अपडेट »

कञ्चन महोत्सवमा दर्शकको आगमन बढ्दो

आइतबार, २६ जेठ २०७६, १८ : १०
6 Shares

ग्लोबल आवाज
जेठ २६, बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका ४ रुद्रपुर हर्नैयामा जारी कञ्चन महोत्सवमा ‘प्रथम कञ्चन डान्स प्रतियोगिता’का सहभागी बाँकी ९ जनाले आज आफ्नो प्रस्तुती दिने भएका छन् । हिजोदेखि सुरुभएको प्रतियोगीताको पहिलो चरणमा १८ जना प्रतियोगिहरुले सहभागिता जनाएकोमा पहिलो दिन ९ जनाले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगिताका विजेताले रु.२५ हजार, दोस्रो हुनेले १५ हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार र मेडल तथा प्रमाण पत्र पाउनेछन् । आगामि जेठ ३२ गतेसम्म सञ्चालन हुने महोत्सवमा दर्शकको आगमन बढ्दै गएको आयोजकले जनाएको छ ।


सागरका कारण टिकटविक्री रोकियो ।
चर्चीत गायक सागर आलेका कारण आयोजकले टिकट विक्री नै रोकेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका–४ मा जारी महोतसवमा हिजो शनिबार सागर आले आउने भएपछि आयोजकले थेग्नै नसक्नेगरी दर्शकको भिड ओइरीयो ।

प्रर्दशनी स्थलमा दर्शक क्षमताभन्दा बढी टिकट माग भएकोमा आयोजकले टिकट विक्रि बन्द गर्नुपरेको मेला आयोजक समितिका उपाध्यक्ष खेम क्षेत्रीले जानकारी दिए । ‘दिउसोको ४ बजेबाट सुरुहुने महोत्सवमा अन्य दिन कार्यक्रम समापन नहुँदासम्म टिकट विक्रि हुन्थ्यो, हिजो भने ७ बजे नै टिकट विक्रि बन्द गर्नुपर्यो ।’–क्षेत्रीले भने ।


महोत्सवमा जब सागर आलेले स्टेजमा माइक्रो फोन लिएर उभीए, दर्शकको कोलाहल सुरु भयो । सालैजो, ठाडो भाका र आधुनिक पप गितहरु गाएर दर्शकलाई उचालेका सागरसँग सेल्फी खिच्ने र नाच्ने दर्शकको भिड बढ्न लाग्यो । सागरसँग सेल्फी खिच्नकै लागि दर्शकहरुले आयोजक समक्ष समयको मागगरेपनि आयोजकले भने समय उपलब्ध गराउन नसकेकोमा क्षमा माग्नु पर्ने स्थीति सिर्जना भएको थियो । कलाकार आलेलाई साथ दिन गायक दीपु मगरको पनि विशेष प्रस्तुती रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।