ताजा अपडेट »

तराइमा होली ,छैन उत्साह (तस्वीरहरु)

सोमबार, १६ चैत्र २०७७, ११ : ००
8 Shares

बुटवल । आज तराइमा होली । तर,कोभिड–१९का कारण गतवर्ष जस्तै यस वर्षपनि प्रभावित बनेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड– १९ कारण गत वर्षदेखि प्रभावित होली यस वर्ष पनि प्रभावित छ । जसका कारण विगतका वर्षहरुमा जस्तो यसवर्ष यस पर्वको रौनक र उत्साह छैन । रङ्गहरुको पर्व होली अर्थात् फागुपूर्णिमामा विभिन्न टोल,छिमेक,चोकहरुमा भिडभाड हुने,सांगीतिक,घैटोफोड जस्ता कार्यक्रमहरु हुने गर्थे ।

विभिन्न संघसंस्थाले आयोजना गर्ने होली मिलन कार्यक्रम पनि न्यून रुपमा भएका छन् । पहाडी,हिमाली र तराइमा फरक दिन मनाइएपनि होलीको उत्साह निरन्तर रहने गथ्र्यो । तर, गतवर्ष र यसवर्ष भने एक दिनपनि खासै उत्साह देखिएको छैन । बिहानैदेखि रङ्ग,पिच्कारी,टिसर्ट, लगाएतका होली सामग्री विक्री हुने ट्राफिक चोक,मिलनचोक,तिनकुने लगाएतका बुटवलका स्थानहरुमा यस वर्ष भने न्यूनउपस्थिति रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।