ताजा अपडेट »

तिलोत्तमालाई डिजिटल शहर बनाउन क्यू.आर. कोड वितरण गरिने

सोमबार, १६ चैत्र २०७७, १० : ०७
4 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले क्यासलेस (बिना नगदी) कारोबारका लागि नगरभरीका सबै व्यापार व्यवसायमा क्यू आर कोड राख्ने भएको छ । डिजिटल नगर निर्माणको अभियान स्वरुप वडा तथा टोलमा रहेका सम्पूर्ण साना-ठूला व्यापार व्यवसायहरुमा क्यूआर कोड अनिवार्य गर्नका लागि सेवाप्रदायक संस्थाको नाममा सूचना जारी गरेको छ ।

सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाले निःशुल्क रुपमा क्यू आर कोड वितरण गर्नुका साथै निःशुल्क खाता खोल्ने गरि ७ दिनभित्र नगरको कार्यालयमा आवेदन दर्ता गर्न आग्रह गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सेवा प्रदायक संस्था बैंक तथा वित्तीय संस्थाहरुको निवेदन मिति तथा त्यसका सेवा कार्यालयको संख्या र स्थानको अध्ययन गरी छनोट गरिने जनाएको छ । छनोट भएका बैंक तथा वित्तीय संस्थाले छनोट भएको २ महिनाभित्र आफूले जिम्मा लिएका नगर क्षेत्र तथा वडाका व्यापार, व्यवसायहरुमा निःशुल्क खाता खोल्नुका साथै उपभोक्तालाई निःशुल्क क्यू आर कोड वितरण गर्नूपर्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।