ताजा अपडेट »

थाई मोनाष्ट्रि र तिलगंगा आँखा अस्पतालको सहकार्यमा नि:शुल्क आँखा शिविर

आइतबार, १५ चैत्र २०७७, १४ : ४५
8 Shares

भैरहवा । लुम्बिनीमा रहेको थाई मोनाष्ट्रि र तिलगंगा आँखा अस्पताल प्रतिष्ठानको सहकार्यमा लुम्बिनीमा बृहद निशुल्क आँखा शिविर भएको छ । बिगत ७ वर्षदेखी नियमित शिविरबाट आँखाको उपचार गर्दै आईरहेकामा यस बर्ष कोरोनाको कारण स्वास्थ्य मापदण्ड अपनाईदै शिविर सम्पन्न गरिएको छ ।

लुम्बिनी बिकास कोषको छेउछाउमा रहेको ग्रामीण क्षेत्रबाट हजारौले आखाँ शिविरबाट लाभा लिएका छन् । तिलगंगा आँखा अस्पतालका बिशेषज्ञ चिकित्सक सहितको टोलीले अत्याधुनिक प्रविधिबाट आँखाको चेकजाँच गरेक छन् । चेकजाँचबाट मोतीबिन्दु भएका करिब ३ सय ५० जनालाई कम्प्युटर प्रविधिबाट निशुल्क शल्यक्रिया समेत गरिने भएको छ । तिलगंगा आँखा अस्तालका कार्यक्रम संयोजक खेम लामाका अनुसार यस पटक करिब २ हजार जनाको आँखा परिक्षण गरिने र त्यस मध्ये ३ सय ५० जनाको मोतीबिन्दुको शल्यक्रिया गरिदै छ । उनले गत बर्ष मात्र ९ सय ६० जनाको निशुल्क शल्यक्रिया गरिएको जानकारी दिए ।

उनले २ दिनको आँखा शिविरबाट मोतीबिन्दुका बिरामीहरुको छनौट गरि उनीहरुको तिलगंगाकै मापदण्डमा शल्यक्रिया गरिने जानकारी दिए । यसरी शल्यक्रिया गरिने बिरामीको कोरोना परिक्षण गरेर गर्ने उनले बताए । उमेर बढ्दै गए पछि मोतीबिन्दु प्राय सबैलाई हुने र शल्यक्रियाबाट यसको उपचार गरिने गरेको लामाले बताए । यस अतिरिक्त खानपिनमा खराब बानी, दुर्घटना लगायतबाट पनि मोती बिन्दु हुन सक्ने उनले बताए । लुम्बिनी बिकास कोष भित्र रहेको थाई मोनाष्ट्रिको ब्यवस्थापनमा तिलगंगाले प्राविधिक सहयोग गर्ने गरेको छ । प्रत्येक वर्ष हुने यस प्रकारको शिविरले यहाँका हजारौ स्थानियहरु लाभान्वित भएका छन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा