ताजा अपडेट »

आफ्नै बाबुद्वारा बलात्कृत बालिकाको स्वास्थ्य अवस्था कमजोर,उपचारका लागि खर्च अभाव

शनिबार, १४ चैत्र २०७७, १७ : ३१
2 Shares

गुल्मी । अर्कैको घर , त्यसमा पनि साघुरो कोठामा बाबु–आमा ३ छोरा –छोरी सहित ५ जनाको परिवारको भान्छा र सुत्ने कोठा एकै ठाउँ छ । जहाँ प्राय: दिनहुँ आफ्नै बाबुद्धारा नावालिका छोरी बलात्कारको सिकार हुदै आएको आफ्नै आमालाइ थाह छैन वा निगरानी छैन ।त्यस परिवारको जिविका चलाउने मुख्य पेशा बनाउदै आएका थिए बाबुले धामी काम तर त्यसको कमाई पनि जाड रक्सिमा खर्चिदा आमा निमेक मजदुरीमा नगए चुलो चल्न मुस्किल ।

शुक्रवार गुल्मीको सदरमुकाम तम्घास भित्रै बाबू द्धारा १४ बर्षिया छोरी पटक पटकको बलात्कार पछी गर्भ धारण र कुकर्मी बाबू पक्राउको समाचार बाहिरिए पछि हामी पिडित बालिकाको अवस्था बुझ्न शनिवार विहान सदरमुकाम तम्घासबाट करिव १५ मिनेटको बाटो हिँडेर रेसुङ्गा नगरपालिका ८ स्थित उनी बस्ने स्थानमा पुग्यौं । एकान्त स्थानको एक्लो घर । बिकृति, बिसङ्गतिको अखडा ठानेर छिमेकीले वास्तै नगर्ने गरेको पाइयो । तीन चार दिन यता बाबुले छोरी गर्भधारण गराएको कुरा बाहिरिए पनि छिमेकिहरु हामी पुगे पछि मात्र त्यस घरमा पुगे । घर्मियाममा पनि बिहान बेलुका न्यानो कपडा लगाउनु पर्ने तम्घासको चिसो मौसम । त्यस माथी रेसुङ्गा लेकको काखमा ओसेप लाग्ने उनी बस्ने झुपडी । ती पिडित बालिका हात खुट्टा पुरै सुन्निएर अगेनामा आगो ताप्दै खुट्टा सेकाउदै थिइन ।

गम्भीर स्वास्थ्य अबस्थामा पुगेकी छोरी तर आमालाई मजदुरी गर्न जाने तयारिको चटारो थियो । अन्य दुई स साना छोरा छोरी कलेटी परेको शरीर लिएर बारिमा खेलिरहेका थिए । आमाको मुहारमा बाबू द्धारा छोरी पिडित बनेको पीडा खासै झल्किन्थ्यो । छोरी माथी बाबुले पटक पटक बलात्कार हुँदा तपाईले किन निगरानी गर्नु भएन ? भन्ने प्रश्नमा उनको एक ठस्को जवाफ थियो ! खै मैले थाहै पाइन ।
त्यस पछि पीडित छोरीलाइ सोधियो । उनले भनिन ‘१३ वर्षको उमेर देखि बाबुले सधै कुकर्म गर्दै आउनु भएको थियो । उहाँ त्यो पल्लो बिस्तरामा सुत्नु हुन्थ्यो । आमा निदाए पछि मेरो बिस्तरामा आउनु हुन्थ्यो । कसैलाई भनिस भने मारेर फल्दिन्छु । पुलिस कहाँ उजुरी गरे दुई तीन दिनमा निस्किन्छ र सबलाइ मार्दिन्छु भनेर डर देखाए पछि कसैलाई नभनिकी हुँ ।’उनी आफू गर्भवती भएको थाह नभएको बताइन् । अँस्ति स्कुल्मा औसधिको चक्की खान दिए पछि म सुन्निएर अस्पताल गए पछि मात्र थाह भएको उनले सुनाइन ।

धामीको घर गाँजाको अखडा

स्थानीयबासी हिमबहादुर भलामीका अनुसार उनका बाबू १५ / १६ बर्ष अघि बाग्लुङबाट आएर तम्घास आसपास कै महिलालाई बिबाह गरि बसेका थिए । धामी काम गर्न उनी प्राय साँझको समयमा हिड्थे र घरमा पनि साँझमा बोलाउथे । गाँजाको लतमा लागेका युवाहरु उनको घरमा सधै आउने गर्दथे । आफुले पनि गाँजा खाने र युवाहरूलाई पनि दिने भएकोले स्थानियले घृणा गरेर त्यस घरमा हिमचिम गर्ने गर्दैनथे ।
भलामी भन्छ्न १०बर्ष अघि गाजा कान्डमा उनी पक्राउ परेका थिए । पछि छुटे पछि छुटेका थिए । त्यसैले पनि त्यति बेलाको उदाहरण दिदै छोरी र परिवारलाई कडा दमनमा राखेका थिए ।

भलामी ती पिडित बालिकाको बिचल्ली प्रती सरकारी निकाय र अन्य दयालु मनको ध्यान जानू पर्नेमा जोड दिन्छ्न । उनी भन्छ्न ‘यी बालिकालाई उपचारको खाचो छ तर के गर्ने घरमा खाने खर्च समेत छैन । उनकी आमाले उनको उपचार गर्ने कुनै उपाय नभएको बताइन् । प्रहरीले शुक्रबार उनको पेटमा करिव २० हप्ताको गर्भ रहेको बताए पनि उनको पेटको आकार हेर्दा त्यो भन्दा बढी भएको स्थानीयको अनुमान छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले आफ्नो कर्तुत छिमेकमा सनसनी फैलिन थाले पछि उनी पुख्र्याैली घर बाग्लुङ्ग्मा जग्गाको काम छ भन्दै हिडेका थिएर त्यही बाट पक्राउ गरि शुक्रवार जिल्ला अदालतमा म्यद थप गरि अनुसन्धान अगाडि बढाइएको छ ।

https://www.globalaawaj.com/archives/93572
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।