ताजा अपडेट »

संसद असफल पार्ने प्रयासमा सरकार : जसपा अध्यक्ष यादव

शुक्रबार, १३ चैत्र २०७७, १० : २९
6 Shares

बुटवल । पूर्व उप-प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसद असफल पार्नेतर्फ सरकार लागेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदलाई कामविहिन बनाएर असफल पार्ने भरपूर रुपमा प्रयासरत रहेको दाबी गरे । पुःस्थापित संसदलाई समाप्त गर्दै प्रधानमन्त्री ओलीले अधिनायकवाद लाद्न खोजेको आरोप लगाउँदै उनले अझै पनि मुलुकमा प्रतिक्रियावादीहरूको खतरा रहेको उल्लेख गरे ।

प्रेस मञ्च रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले ओली नेतृत्वको सरकारको बहिर्गमन नै अहिलेको राजनीतिक निकास भएको उल्लेख गरे । आफ्नो पार्टी ओली नेतृत्वको सरकारमा नजाने स्पष्ट पार्दै उनले सरकारको नेतृत्वका लागि नेपाली कँग्रेस वा नेकपा (एकीकृत माओवादी) ले अगुवाई गर्नु पर्ने बताए । पत्रकार सम्मेलन प्रेस मञ्च नेपालका सचिव टि.आर शर्माको अध्यक्षता र प्रेसमञ्च रुपन्देहीका सदस्य बसन्त आचार्यको सञ्चालनमा भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।