ताजा अपडेट »

प्रदेश प्रहरीद्वारा सडक नाटक र म्युजिकल थेरापी

शनिबार, ०७ चैत्र २०७७, १५ : ००
4 Shares

चरीकोट । दोलखाको सदरमुकाम चरीकोटमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको टोलीले लागुऔषधविरुद्धको सचेतनामूक सडक नाटक तथा म्युजिकल थेरापी प्रदर्शन गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको समन्वयमा यहाँस्थित सातदोबाटोमा आज बिहान प्रदेश प्रहरीले सचेतनामूलक नाटक तथा म्युजिकल थेरापी प्रस्तुत गरेको हो । सडक नाटकमार्फत महिला हिंसा, लागुऔषध, अपराधलगायतका विरुद्धमा कलाकारहरुले अभिनयमार्फत सचेतना गराएको छ । महिला हिंसा, लागुऔषध तथा आपराधिक कार्य भएको देखेमा कुन नम्बरमा प्रहरीलाई खबर गर्ने भन्ने जस्ता विषयमा सचेतना गराइएको छ ।

यस्ता कार्यक्रमले नागरिकलाई सचेत गराउने र समाजमा हुने घटनाहरु कम हुनाका साथै लुकेर रहेका घटनाहरुलाई प्रहरीसमक्ष पुर्याउनका लागि सहज हुने प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए । सडक नाटक तथा म्युजिकल थेरापी भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलगायत सुरक्षा निकायका प्रमुखको उपस्थितिमा प्रदर्शन गरिएको थियो ।

रासस
लेखकको बारेमा
रासस