ताजा अपडेट »

आमाहरुलाई रुवाए भोजराजले

बुधबार, २२ जेठ २०७६, १२ : ३५
6 Shares

जेठ २२, बुटवल । गायक भोजराज सापकोटाले फेरी एक पटक १४ वर्षअगाडिको स्मरण गराएका छन् । आमाले रातो सारी किन नलगाएको भन्ने प्रश्न गर्दै उनले दर्शकदीर्घमा रहेका आमा दिदीबहीनीको आँखा टिल्पिलाउने बनाएका हुन् ।

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ४ हर्नाटामा अवस्थित शान्ति पार्क स्थापनार्थ सञ्चालित व्यापार तथा साँस्कृतिक महोत्सवको पाँचौं दिन हिजो उनले रुवाएनन् मात्र बोतलको पानी सम्झाउँदै छमछमी नचाए । रेडियो नेपालका गायत भोजराजले तत्कालीन द्वन्दको समयमा चर्चित गीत आमा रातो सारी, चुरा पोते किन नलाको बोलको गीत गाएर महिलाहरुको वेदना समेटेका थिए ।

बोतलको पानीले आँखा सन्काई नानीले लगायत बोलका गीतमा दर्शकलाई झुमाएका भोजराजको साथमा उपस्थित लोक दोहोरी गायीका बिष्णु श्रीपालीले बोल माया, सुन दिएको सुनार दाइले पायल बनाइदियो लगायत गीत गाएर महोत्सवमा दर्शकको मन जीतेका थिए ।


सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन–४, रुपन्देहीको आयोजना तथा नेपाल मेला महोत्सब संघ, काठमाण्डौको ब्यबस्थापनमा संचालन भएको पाचौं दिन ५ हजार दर्शकहरुको उपस्थिति रहेको र करिब ५ लाख बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।


महोत्सबमा २५ गते देखि प्रथम कञ्चन डान्स प्रतियोगिता शुरु हुने र अहिले सम्म २५ जना प्रतियोगिहरुले आबेदन गरेको र सो प्रतियोगितामा प्रथम हुनेले रु.२५ हजार, दोस्रो हुनेले १५ हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार र मेडल तथा प्रमाण पत्र पाउनेछन् ।

जेठ ३२ सम्म सञ्चालन हुनेछ महोत्सबको छैठौं दिन आजको आकर्षकको रुपमा लोक दोहोरी गायक शर्मिला श्रेष्ठ, लोक पप गायक दुर्गेश थापा र आधुनिक तथा पप गायक लोकेन्द्र सापकोटा लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।