ताजा अपडेट »

रुपन्देहीका करिब लाख घर-परिवारले जग्गा धनि पुर्जा पाउने

मंगलबार, ०३ चैत्र २०७७, १५ : २२

बुटवल । रुपन्देहीका ७ स्थानीय निकायमा करिब पौने लाख घर परिवार भूमिहिन तथा अव्यवस्थित सुकुम्बासीको तथ्याङ्क संकलन भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति रुपन्देहीले बुटवल उपमहानगरपालिकासहितका ७ स्थानीय निकायमा संकलन गरेको तथ्याङ्क अनुसार ७२ हजार ७९५ भूमिहिन तथा अव्यवस्थित सुकुम्बासी भेटिएका हुन् ।

रुपन्देहीमा करिब एक लाख घर परिवारले जग्गाधनि पुर्जा प्राप्त गर्ने आयोगले जनाएको छ । भूमि सम्बन्धि समस्या समाधान आयोगले दलित भूमिहिन तथा अव्यवस्थित सुकुम्बासी आयोगले संकलनको गरेको प्रारम्भिक तथ्याङ अनुसार सो संख्याका घर परिवारले जग्ग धनि पुर्जा प्राप्त गर्ने रुपन्देही अध्यक्ष बलबहादुर आचार्यले बताए ।

तथ्याङ्क संकलनलाई तीब्रता दिइरहेको आयोगले जिल्लाका १६ मध्ये ७ वटा स्थानीय निकायमा काम सम्पन्न भइ पुनः मुल्याङ्कनको काम भइरहेको छ । आचार्यका अनुसार बुटवल उपमहानगरपालिका सहित, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरवमलिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका र मायादेवि गाउँपालिकामा लगत संकलन भई पुनः परीक्षणको काम भइरहेको छ । तथ्याङ्क अनुसार बुटवलमा १५ हजार ४०३, तिलोत्तमामा ७ हजार ७३२, सैनामैनामा १३ हजार, देवदहमा १४ हजार ३४३, कञ्चनमा १२ हजार ६८६, गैडहवामा ८ हजार ९१५ र मायादेविमा ७१६ घरपरिवार अव्यवस्थित भूमिहिन तथा सुकुम्बासी रहेका छन् ।

आयोगले सुद्धोधन र सियारी गाउँपालिकामा अभिमूखिकरण कार्य सम्पन्न गरी तथ्याङ्क संकलन गर्न सुरु गरेको छ भने सिद्धार्थनगर नगरपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई, मर्चवारी गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकामा भेटघाट तथा छलफल गरी काम अगाडी बढाउने तयारी भएको आयोगका सदस्य कृष्णबहादुर कुंवरले जानकारी दिए ।

जिल्लामा आयोगले हालसम्म गरेका कार्यहरु बारे जानकारी गराउन मँगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलमा बोल्दै उनले तथ्याङ्क संकलन भइसकेका ठाउँहरुमा जाँचबुझ र सार्वजनिक सुनुवाईपछि पालिकामा तथ्याङ्क आउने कार्यक्रम रहेको बताए । बाँकी रहेका पालिकाहरुमा समेत तथ्याङ्क संकलनको कार्यलाई तीब्रता दिई जग्गा धनि पुर्जा विरतणको कार्यलाइै अगाडी बढाउने योजनामा रहेको समिति सदस्य गंगा कार्कीले बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।