ताजा अपडेट »

शान्ति समाज रूपन्देही शाखा पुनः उत्कृष्ट

शुक्रबार, २१ फागुन २०७७, १६ : ०८
4 Shares

बुटवल । मानव अधिकार तथा शान्ति समाज नेपालको रूपन्देही जिल्ला शाखा यसपटक पनि उत्कृष्ट बन्न सफल भएको छ । देशभरका शाखाहरूमा उत्कृष्ट कार्य सम्पादन गरेको र मानव अधिकारको क्षेत्रमा सक्रिय भएको भन्दै पोखरामा आयोजित २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्मान प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले रूपन्देही सभापति डिपि खनाललाई प्रशंसापत्र सहित खादा लगाएर सम्मान प्रदान गरेका हुन् । सम्मान ग्रहणपछि सभापति खनालले सबैको योगदानले शाखा उत्कृष्ट बनेको भन्दै सहकार्य जारी राख्ने बताए । रूपन्देही शाखा यसअघि पनि दाङमा सम्पन्न २२ औँ राष्ट्रिय परिषद् बैठकमा सम्मानित भएको सचिव कपिल ज्ञवालीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।