ताजा अपडेट »

बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त प्रदर्शनमा

सोमबार, १७ फागुन २०७७, १३ : ३४
4 Shares

ब्रसेल्स। ब्रसेल्स बेल्यिजयमको नामुर कारागारमा एक सय ३२ कैदीबन्दी र ६० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले लकडाउनका थप उपाय अपनाउने घोषणा गरेको छ । सरकारले थुनामा रहेका कैँदीलाई सङ्क्रमणबाट सुरक्षाका लागि आवश्यक ध्यान नदिएको तथा सङ्क्रमित कैदीलाई भेट्न कारागार प्रशासनले नदिएको भन्दै उनीहरूका आफन्तहरूले कारागार क्षेत्रमा प्रदर्शन गरेका छन् ।

संक्रमितहरुलाई बाहिरी व्यक्तिसँग भेट्न दिँदा कोरोनाले उग्र रुप लिनसक्ने भन्दै जेल प्रशासनले उनीहरूलाई भेट्न नदिइएको बताएको छ । प्रधानमन्त्री अलेक्डेन्डर डी क्रोओले कारागारमा देखिएको सङ्क्रमणले देश नै कोरोनाको संकटमा परेको संकेत गर्दै लकडाउनको थप उपायहरु अपनाउने बताएका छन् ।

महामारी नियन्त्रणका लागि प्रयाप्त सतर्कता अपनाइरहेका समय सङ्क्रमण फैलिएको र यसलाई नियन्त्रणमा ल्याउनका लागि थप कदम चाल्ने उनले बताए ।बेल्जियममा हालसम्म पनि रात्रिकालीन लकडाउन जारी छ । बेल्जियममा आइतबारसम्म ७ लाख ६६ हजार ६ सय बढी कोरोना संक्रमित छन् भने २२ हजारको मृत्यु भइसकेको छ ।

रासस
लेखकको बारेमा
रासस