२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

तिलोत्तमा । तिलोत्तमा चेम्बर अफ कमर्शको ३ दिने रणनीतिक कार्यशाला गोष्ठी पोखरामा भएको छ । संस्थाको आगामी २ वर्षे रणनीतिक कार्ययोजना बनाउन पुगेको संघको कार्यसमितिको टोलीले फागुन १२, १३ र १४ पर्यटकीय नगरी पोखरामा कार्यशाला गोष्ठी गरेको हो ।

Advertisement

संस्थालाई सबै व्यवसायीहरुको साझा र सशक्त संस्थाको रुपमा विकास गर्नेगरी गोष्ठीले दुई वर्षका लागि विभिन्न कार्ययोजना तय गरेको छ । कार्यशाला गोष्ठीमा पोखरा विश्वविद्यालयका सहप्राध्यापक डा. भरतराम ढुंगानाले व्यापार प्रवद्र्धन र रणनीतिका बारेमा प्रशिक्षण दिएका थिए । विभिन्न क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्दै आफ्ना गतिविधि र कार्यक्रम अघि बढाउने कार्ययोजना पनि गोष्ठीले पारित गरेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष बाबुलाल भुसालले बर्तमान अवस्थामा संस्थालाई व्यावसायिक हक अधिकार संरक्षण गर्ने साझा संस्थाका रुपमा विकास गर्न सबैमा एकताको भावना जागृत हुनु जरुरी रहेको बताए । त्यस अवसरमा संस्थाका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, महासचिव विष्णु बराललगायतले संस्थागत विकासको लागि आवश्यक काम, सामाजिक गतिविधि तथा जिम्मेवारीका विषयमा आ आफ्नो धारणा राखेका थिए । त्यसक्रममा संस्थाले आगामी दिनमा सामना गर्नु पर्ने चुनौती, अवसर, बर्तमान अवस्था र संस्थाको सवल पक्षका विषयमा समिक्षा गरिएको थियो ।

कार्यशाला गोष्ठीको संयोजन संस्थाका महासचिव विष्णु बराल, कोषाध्यक्ष बाबुराम कंडेल र सदस्य विष्णु कालिराजले गरेका थिए । कार्यक्रममा अध्यक्ष भुसालले कार्यशाला गोष्ठीको आयोजना संस्थागत कामको समिक्षा गर्दै भावी योजना बनाउन र मार्ग दिशा कोर्नका लागि भएको कारण गोष्ठीबाट आएका निश्कर्षहरु कार्यान्वयन गर्ने कुरामा सिंगो कार्यसमिति इमान्तारिताका साथ लाग्नु पर्ने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा