१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

गुगलबाट फाइल तस्वीर

काठमाण्डौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले औषधि र आहारपूरक खाद्यपदार्थ एकै ठाउँमा बेचिएका सम्बन्धमा सरोकारवालासँग थप छलफलपछि निर्णय गर्ने भएको छ । समितिको बिहीबार सम्पन्न बैठकमा ‘खाद्य ऐन, २०२३, औषधि ऐन २०३५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गतका प्रत्यायोजित विधायनका साथै आहारपूरक खाद्य पदार्थको नियमन सम्बन्धमा थप छलफल आवश्यक रहेको समितिका सभापति रामनारायण विडारीले जानकारी दिए ।

समितिमा आज औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । औषधि पसलले आहारपूरकका रुपमा रहेको खाद्यपदार्थ बेच्चेपछि खाद्य तथा गुणनियन्त्रण कार्यालयले असहमति जनाउँदै आएको छ । समितिका सदस्य राधेश्याम अधिकारीले खाद्यसँग जोडिएका औषधिजन्य पदार्थ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र औषधि विभागसँग समन्वयमा मात्र बेच्नुपर्ने बताए । उनले औषधि र आहारपूरक खाद्यपदार्थ एकै ठाउँ बेच्दा नकरात्मक असर गर्ने भएको बताए ।

अर्का सदस्य शान्तिकुमारी अधिकारीले औषधि र आहारपूरक खाद्यपदार्थ एकै ठाउँमा बेच्न दिनका लागि दुवैको अनुमतिपत्र हुनुपर्ने बताए । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले खाद्य र औषधिको एकै ठाउँमा बेच्न नपाइने बताए । उनले विभागले देशभरी ४३ स्थानबाट अनुगमन गरिरहेको भन्दै अब चाँडै स्थानीय तहसँग मिलेर अनुगमन गर्नसमेत लागिरहेको जानकारी दिए । नेपाल फार्मेसी परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले औषधि विभागमा दर्ता भएका औषधिलाई मात्र औषधि पसलले बेच्न दिनुपर्ने बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु