ताजा अपडेट »

किवानिसद्वारा दिदीघर संस्थालाई आर्थिक सहयोग

बुधबार, १२ फागुन २०७७, १५ : ४९
6 Shares

तुलसीपुर। किवानिस क्लब अफ नेपालले दाङको तुलसीपुरमा रहेको दिदीघर संस्थालाई आर्थिक सहयोग गरेकोे छ । मंगलबार एक कार्यक्रमका बिच क्लबका केन्द्रिय अध्यक्ष मोहन लम्सालले रकम लागि १० वर्षका लागि सम्झौतापत्रमा हस्तान्तरण गरेका हुन् । बार्षिक २ लाखका दरले १० बर्षसम्म सहयोग गरिने उनले बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका लम्सालले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आएको बताए । हाल देशभर ७८ वटा शाखा विस्तार गरी काम गरिरहेको उनले बताए ।

कार्यक्रममा दिदीघर संस्थाकी अध्यक्ष स्यानी चौधरीले किवानीस क्लब प्रति आभार प्रकट गरिन् । हाल केही व्यक्ती तथा संस्थाले आफ्नो जन्मदिन, वार्षिकोत्सव तथा अन्य अवसरमा सहयोग गरेपनि बालबालिकाको लागि अपुग भएको उनले बताईन् । हाल उक्त संस्थामा १० जना बालबालिका रहेको संस्थाकी चौधरीले बताइन् ।

कार्यक्रममा मानवअधिकारकर्मी शुष्मा गिरी, स्वामी केशव आचार्यलगायतले मन्तब्य राखेका थिए ।किवानिस क्लब अफ राप्तीका अध्यक्ष विमल पोखरेल (जेठु) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्लबका राप्तीका संरक्षक जागेश्वर वलीले राखेका थिए भने कार्यक्रमको सहजीकरण क्लबका कार्यक्रम संयोजक नरेन्द्र वलीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।