ताजा अपडेट »

थप १२२ जनामा कोरोना संक्रमण, १ को मृत्यु

सोमबार, ०३ फागुन २०७७, १७ : ०१
8 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार २०४ जना स‌ंक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५५ पुगेको छ । आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ५८१ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।