ताजा अपडेट »

एकपटक फेरि मोर्चा कसेर अघि बढौँ : अध्यक्ष दाहाल

शनिबार, ०१ फागुन २०७७, २१ : ३६
4 Shares

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको वर्तमान अवस्थाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी एकपटक फेरि मोर्चा कसेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । जनता समाजवादी पार्टी(जसपा) सङ्घीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको ‘गुमनाम आमाहरूको कथा’ कृति आज यहाँ लोकार्पण गर्दै उनले मुलुक र जनताका लागि गम्भीरतापूर्वक आफ्नो दायित्व पूरा गर्न मोर्चा बनाउन आवश्यक रहेको जिकिर गरे।

अध्यक्ष दाहालले भने, “संविधानले समावेशी लोकतन्त्रिक, सङ्घीय गणतन्त्र, समानुपातिक प्रतिनिधित्व र मौलिक हकसम्बन्धी विषयमा जग बसालेको थियो, सङ्घीयता र परिवर्तनको उपलब्धि एवं संविधानको मूल मर्ममाथि अहिले हमला भएको छ, पछिल्लो परिस्थितिले विचार र भावनाको नयाँ आधार सिर्जना भएको छ, यसबाट आउने परिणाम सकारात्मक हुनेछ ।”

राष्ट्रिय आत्मविश्वासको सङ्कट : वरिष्ठ नेता पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको पछिल्लो परिस्थितिले अगाडि बढ्ने मार्ग अझै स्पष्ट नभएका कारण मुलुकमा राष्ट्रिय आत्मविश्वासको सङ्कट देखापरेको बताए । उनले भने , “संविधानसभामा कुन शासन प्रणाली र व्यवस्थामा किन जाने भनी लामो छलफल र सम्झौताबाट जारी भएको संविधानले दिँदै नदिएको अधिकार प्रयोग गर्न खोज्दा जनताको मतमा विश्वासमा घात भएको छ, यसले राजनीतिप्रति जनतामा वितृष्णा पैदा भयो ।”

रासस
लेखकको बारेमा
रासस