ताजा अपडेट »

साफ यू १६ महिला फुटबल: आज नेपालले बंगलादेशको सामना गर्दै

शनिबार, १९ फागुन २०८०, ०७ : ०६
74 Shares

काठमाडौं । नेपालले आज साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत बंगालदेशको सामना गर्दैछ । यो खेल  ललितपुरस्थित च्यासल मैदानमा अपराहन्न ३ बजे देखि शुरू हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा शुक्रबार भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियाे । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी हुदै छन् । प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् भने शिर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् ।


नेपाली टिम:

गोलरक्षक: रुपमा झरना डुम्राकोटी, सुनिता स्याङ्तान  र लक्ष्मी ओली ।

डिफेन्डर: दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिषा तामाङ, अंशु बिके, मीनामाया श्रेष्ठ, एलिजा बिके र ग्यान्सु डोल्मा लो ।

मिडफिल्डर: भूमिका बुढाथोकी, आशिका कार्की, बविता कार्की, आयुषा रौले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना बिके र सविना तामाङ ।

स्ट्राइकर: पूजा गिरी, अनिता रानामगर, यामकुमारी बिके र पूर्णिमा थारु ।

नेपाली टोलीको प्रमुख प्रशिक्षकमा चक्र तामाङ छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।