२३ असार २०७९, बिहीबार

Jul 7, 2022

चितवन । कालिका पावर कम्पनीले हालसम्म रु ११ करोड बढी आम्दानी गर्न सफल भएको छ । कम्पनीले विद्युत् बिक्रीबाट उक्त रकम आम्दानी गरेको हो । कम्पनीको आज यहाँ सम्पन्न १३औँ साधारणसभामा हालसम्म विद्युत् बिक्री गरेर रु ११ करोड २७ लाख ७३ हजार ३३६ आम्दानी गरेको जानकारी दिईएको हो । चालु आर्थिक वर्षको पुससम्ममा रु पाँच करोड ३६ लाख कमाएको छ ।

Advertisement

कम्पनीका सञ्चालक पदम गुरुङले कम्पनीको वित्तिय अवस्थामा सुधार आएको बताए । उनका अनुसार प्रतिशेयरमा ९१ दशलमव ४६ प्रतिशतले वृद्धि भएको छ । विगतको तुलनामा ३ दशलमव १५ प्रतिशत बढी विद्युत् बिक्री गरेर आम्दानी गरेको छ । बिसं २०६४ फागुन २४ गते दरौदी कालिका हाइड्रो प्रालिका रुपमा दर्ता भएको संस्था बिसं २०७२ असोजदेखि पब्लिक कम्पनीमा परिणत भएको थियो । पब्लिक कम्पनीमा परिणतपछि कालिका पावर कम्पनी लिमिटेडका रुपमा काम तथा कारोबार गर्दै आइरहेको छ ।

कम्पनीले गोरखाको अजिरकोट गाउँपालिकाको मुच्चोक, सौरपानीमा दरौदी खोलाबाट २०७३ सालदेखि ६ मेगावट विद्युत्को व्यापारिकरुपमा उत्पादन गर्दै आएको छ । कालिका पावरले छिटै चार वटा जलविद्युत् आयोजनामा लगानी गर्ने गरी अध्ययन अगाडि बढाएको छ ।

कम्पनीका अध्यक्ष तथा प्रवन्ध सञ्चालक, पूर्वमन्त्री विक्रम पाण्डेले कालिका पावर देशकै ठूलो जलविद्युत् कम्पनीका रुपमा स्थापित गरिने बताए । उनले भने, “चार वटा परियोजना पाइपलाइनमा छन् ।” ऊर्जा क्षेत्रमा हुने लगानीले देशकै अर्थतन्त्रमा सघाउने भएकाले जलविद्युत् कम्पनीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न सरकार अग्रसर बन्नुपर्ने उनले बताए।

कम्पनीका सञ्चालक गुरुङले हाइड्रोपावरमा हुने लगानी दीर्घकालिन भएकाले तुरुन्तै प्रतिफल खोज्नुभन्दा भविष्यमा पाइने राम्रो प्रतिफलको प्रतीक्षा गर्नुपर्ने बताए। सेयर मार्केटमा हाइड्रोवारको आकर्षण राम्रो भएकाले शेयर लगानी गर्ने बढेको बताए । अर्को वर्षदेखि कालिका पावर कम्पनीले शेयरधनीलाई बोनस दिनसक्ने अवस्थामा पुग्ने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा भोलिदेखि सुरु हुँदै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड कपिलवस्तुमा करेन्ट लागेर २२ वर्षीय तेलीको मृत्यु प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन