ताजा अपडेट »

एनआरएनएद्वारा पूर्वाधार क्षेत्रमा १० अर्ब लगानीको तयारी

विहीबार, २९ माघ २०७७, १६ : ५१
6 Shares

बुटवल । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ ।

कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत र ८५ प्रतिशत शेयर विदेशमा रहेका नेपालीहरुको हुनेछ। गैरआवासीय नेपालीहरुको लगानीका लागि आइपिओ जारी गरिने जनाइएको छ । गैरआवासीय नेपाली संघका अनुसार लगानीका क्षेत्रहरुबारे पनि प्रस्तावहरु आइसकेको र विदेशमा रहेका नेपालीहरु नेपालमा पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताइएको छ ।

संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रकृया छिट्टै टुङ्ग्याई काम सुरु गर्ने तयारी भएको बताए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको तर्फबाट उक्त कोष सञ्चालन गर्ने सन्दर्भमा आवश्यक रकमका साथै अन्य सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । एक हप्ताभित्र कम्पनीको दर्ता प्रकृया टुङ्गो लगाई तत्काल काम शुरु गर्न गैरआवासीय नेपाली संघलाई उनले आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।