ताजा अपडेट »

पशुपतिनाथ विरुद्ध सार्वजनिक रुपमा अभद्र टिप्पणी गर्नु अक्षम्य : विश्व हिन्दू परिषद

विहीबार, २९ माघ २०७७, १५ : १२
8 Shares

बुटवल । विश्व हिन्दू परिषद नेपालले पशुपतिनाथ विरुद्ध सार्वजनिकमा अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको जनाएको छ । परिषदले बिहीबार एक विज्ञप्ति जारी गरी राजनैतिक विरोध र्यालीको क्रममा विहीबार काठमाडौंमा नेकपाका रघुजी पन्त लगायतका नेताहरुले नेपालीहरुको अराध्य देव भगवान श्री पशुपतिनाथ विरुद्ध सार्वजनिक रुपमा गरेको अभद्र टिप्पणीमाथि ध्यानाकर्षण भएको हो ।

‘बहुसंख्यक नेपाली जनताको आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै भगवान श्री पशुपतिनाथ विरुद्ध सार्वजनिक रुप मै अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको छ । रघुजी पन्त, झलनाथ खनाल, प्रचण्ड लगायतले दिएका वक्तब्यले उनी लगायत उनका पार्टी समेतको हिन्दू विरोधी चरित्र उजागर गरेको छ । कथित राजनेता द्वारा सार्वजनिक रुप मै हिन्दू विरोधी वक्तव्य दिईनुले उनी विधर्मी शक्तिद्वारा परिचालित रहेको समेत स्पष्ट भएको छ । यस्ता धर्म संस्कृति विरोधी तत्वहरु समग्र राष्ट्र कै लागि घातक रहेको हाम्रो ठहर हो ।’–विज्ञप्तिमा भनिएको छ ।

हिन्दूहरूको धार्मिक आस्थामाथि प्रहार गर्ने जो कोहीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन परिषदले सरकारसँग माग समेत गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।