१७ असार २०७९, शुक्रबार

Jul 1, 2022


कास्की । पोखरामा जारी ‘टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल’ प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा पुरुषतर्फ गण्डकी प्रदेश र सशस्त्र प्रहरी तथा महिलातर्फ नेपाल पुलिस क्लब विजयी भएका छन् ।

Advertisement

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको प्रतिष्र्धामा महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्न सफल भयो । पुलिसले १८–२५, २५–२२, २५–२३ र २५–१६ अङ्कले आर्मीलाई पराजित गरेको हो ।
यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशको टोलीले विभागीय त्रिभुवन आर्मी क्लबलाई २२–२५, २५–१४, २५–१८ र २५–१७ सहित ३–१ सेटमा जित निकाल्न सफल भएको प्रतियोगिता आयोजक टाइगर ग्रुपका महासचिव प्रकाश बरालले जानकारी दिए ।

पुरुषतर्फको अर्को खेलमा सशस्त्र प्रहरी बलले ३–२ को सेटमा नेपाल पुलिस क्लबमाथि जीत हात पारेको छ । अत्यन्त प्रतिष्पर्धात्मक खेलमा सशस्त्रले पुलिसलाई पहिलो र दोस्रो सेट २७–२५ र २५–२० अङ्कसहित जीत निकालेकामा तेस्रो र चौथो सेट १९–२५ र ९–२५ मा गुमाउन पुगेको थियो । निर्णायक अन्तिम सेटमा एपिएफले १५–१० अङ्कसहित पुलिसलाई पराजित गर्न सफल भएको थियो ।

प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र न्यू डाइमण्ड एकेडेमी काठमाडौँले सहभागिता जनाएका छन् । पुरुषतर्फ आयोजक गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले उपाधिका लागि खेल्नेछन् ।

प्रतियोगिताका माध्यमबाट नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

आगामी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०-२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारलाई अर्को चुनौती, अस्पताल विकास समितिलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश घुस रकमसहित अदालका कर्मचारी अख्तियारको फन्दामा लुम्बिनी प्रदेशमा २७८ मृगौला रोगी तथा १४७३ दमका विरामीलाई उपचारमा आर्थिक सहयाेग काँग्रेसमा संस्थापन इतरको बैठक आज पनि बस्ने यस्तो छ ३ दिनसम्ममको मौसमी आंकलन बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि लुम्बिनीको दाङमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते जुम्लामा जिल्ला स्तरीय कृषि मेला : चिनोदेखि भाँगोसम्म प्रदर्शनी अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते दाङमा सिकलसेलको स्क्रिनीङ परिक्षण गाई-गोरु बाँध्ने गोठमै नवजात शिशुसहित सुत्केरीको बास ५ वर्षीया बालिका बलात्कृत, १६ वर्षीय किशोर पक्राउ धान दिवसमा रोपाइँसँगै विविध सांस्कृतिक कार्यक्रम लुम्बिनीका ६ जिल्लामा सिकलसेल एनिमियाका बिरामी, परीक्षणमै समस्या इस्माले दुना–टपरी उद्योग सञ्चालन गर्ने शेखर कोइरालाको भेलामा को को सहभागी ? (फोटोफिचर) नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि रातभर सुत्दैनन् बुटवलकाे ज्योतिनगरबासी, टालटुले उपायले रोकिएला पहिरो ? माओवादी गुल्मीका पुराना नेता कार्की केन्द्रिय सदस्यमा मनोनित