ताजा अपडेट »

टी २० वरियतामा नेपाली खेलाडीको व्यापक सुधार : रोहित र दिपेन्द्रको छलाङ

शनिबार, २६ फागुन २०८०, ०९ : १४
126 Shares

काठमाडौं । नयाँ टी-२० आई वरियतामा नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले छलाङ मारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरियतामा रोहित र दीपेन्द्रले छलाङ मारेका हुन् ।

टी-२० आई वरियतामा रोहितले ब्याटिङतर्फ ३६ स्थान सुधार गरेका छन् । यसअघि ९०औं स्थानमा रहेका रोहितले अहिले ५४ औं स्थानमा आइपुगेका छन् । अलराउन्डरतर्फ रोहित ८८ स्थान सुधार गर्दै ९२ औं स्थानमा छन् । दीपेन्द्रले पनि ब्याटिङतर्फ ३१ स्थान सुधार गरेका छन् । उनी अहिले ७०औं स्थानमा छन् । अलराउन्डरतर्फ दीपेन्द्रले ४८ स्थान सुधार गर्दै २७औं स्थानमा आइपुगेका छन् ।

अलराउन्डरतर्फ करण केसी २४ स्थान सुधार गर्दै ८१ औं स्थानमा रहँदा गुलशन झा २२ स्थान सुधार गर्दै ७२ औं स्थानमा उक्लिएका छन् । कुशल मल्ल २७ स्थान सुधार गर्दै ३५औं स्थानमा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।