ताजा अपडेट »

‘भ्यालेन्टाईन डे’मा भैरहवामा लाईभ ईन कार्यक्रम

विहीबार, २९ माघ २०७७, १२ : १९
8 Shares

भैरहवा । भ्यालेन्टाईन डे (प्रणय दिवस)को अवसरमा भैरहवामा सांस्कृतिक कार्यक्रम हुने भएको छ । ब्रदरहुड इभेन्ट म्यानेजमेन्ट ग्रुपको आयोजनामा लाइभ इन भैरहवा पांच पचपन्न एण्ड उर्गेन मोक्तान कार्यक्रम हुने भएको हो ।

बिहिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले कार्यक्रमबारे जानकारी गराएका छन् । फागुन २ गते भैरहवाको गणतान्त्रिक सभाहलमा हुने कार्यक्रम परिवार सित बसेर हेर्न मिल्ने गरि सांस्कृतिक कार्यक्रम हुने ब्रदरहुड इभेन्ट म्यानेजमेन्ट ग्रुपका अध्यक्ष ओजश शर्माले बताए । उनले अहिले कोरोना त्रासबाट बिस्तारै सहजता तर्फ आउदै गर्दा मनोरन्जनको लागी कार्यक्रमको आयोजना गरिएको शर्माले बताए ।

कार्यक्रममा कलाकारहर शाहिल जामिर अली, बिरेन, रियल र, एलएसडी, अमर एण्ड बैण्ड, डिजे अमित, डान्सर बबिता धितालको प्रस्तुति रहने कार्यक्रम संयोजक राहुल विष्टले जानकारी दिए । कार्यक्रमको सञ्चालन दुर्गा गुरुङले गर्नेछिन् । १ हजार टिकट राशीको मूल्य तोकिएका उक्त कार्यक्रमबाट जोगिएको रकम सामाजिक कार्यमा खर्चिने आयोजकले बताए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा