ताजा अपडेट »

राष्ट्रपति बाइडेनद्वारा म्यानमारका सैन्य नेतामाथि प्रतिबन्धको घोषणा

विहीबार, २९ माघ २०७७, ०६ : ५४
10 Shares

काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले म्यानमारमा सैन्य कू गर्ने सैन्य नेतृत्वविरुद्ध कारवाही गरिरहेको जानकारी दिएका छन् । 

म्यानमारका सैन्य जनरललाई सत्ता छोड्न आह्वान गर्दै बाइडेनले अमेरिकाले म्यानमारको अमेरिकास्थित कोषलाई फ्रिज गर्न लागेको जानकारी दिएका छन् । 

बाइडेनले भने, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु जसले सैन्य कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू गर्छ । उनीहरुको व्यापारिक हित र नजिकका आफन्त पनि प्रतिबन्धको दायरामा आउनेछन् । 

राष्ट्रपति बाइडेनका अनुसार अमेरिकाले यो हप्ता प्रतिबन्धको पहिलो चरणमा ती व्यक्तिलाई चिन्हित गर्नेछ जसमाथि प्रतिबन्ध लगाइनेछ । 

राष्ट्रपतिले यो पनि भनेका छन् कि अमेरिकाले म्यानमारका लागि कडा निर्यात नियन्त्रण लागू गर्नेछ र आवश्यकता परे अतिरिक्त प्रतिबन्ध लगाउनका लागि पनि तयार छन् । 

राष्ट्रपति बाइडेनले भने, ‘म आज पुनः एकपटक बर्माको सेनासँग आङ सान सूची र विन मिन्तसमेत लोकतान्त्रिक राजनीतिक बन्दी र कार्यकर्तालाई तुरुन्त रिहा गर्न माग गर्छु ।’

उनले थपे, ‘सेनाले सत्ता छोड्नै पर्छ ।’ राष्ट्रपति बाइडेनका अनुसार उनको प्रशासनले अमेरिकामा राखिएको म्यानमारको एक अर्ब डलर फन्ड फ्रिज गर्ने तयारीमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।