ताजा अपडेट »

लुम्बिनी प्रचार-प्रसारका अभियन्ता एवम् पत्रकार पन्त सम्मानित

मंगलबार, २० माघ २०७७, १८ : ५९
12 Shares

भैरहवा । लुम्बिनी प्रचार प्रसारका अभियन्ता एवम् पत्रकार चेतन पन्त विश्व सिमसार दिवस-२०२१ को अवसरमा सम्मानित भएका छन् । मंगलबार लुम्बिनीमा सम्पन्न विश्व सिमसार दिवसको अवसर पारी लुम्बिनी विकास कोषले पन्तलाई सम्मानित गरेको हो ।

लुम्बिनीको पर्यटन प्रवद्र्धनमा भिडियो डकुमेन्ट्री एवं फोटोग्राफीको माध्यमबाट विशेष योगदान पुर्याएको भन्दै पत्रकार पन्तलाई उक्त कार्यक्रममा सम्मान पत्र प्रदान गरिएको थियो । पन्त बिभिन्न भिडियो डकुमेन्ट्री र फोटोग्राफीबाट स्वदेश तथा बिदेशमा लुम्बिनीको प्रचार प्रसारमा लागेका छन् ।

https://www.globalaawaj.com/archives/78506
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।