ताजा अपडेट »

बुटवलमा माघ २४ गते लाइभ कन्सर्ट

बुधबार, १४ माघ २०७७, १५ : २१
14 Shares

बुटवल । बुटवलमा लुम्बिनी लाइभ कन्सर्ट–२०७७ हुने भएको छ । जय माता दी एम्युजमेंट प्रा. लि. बुटवल रुपन्देहीको मुख्य आयोजनामा हुन लागेको लुम्बिनी लाइभ कन्सर्टमा दर्जन बढी कलाकारहरुले प्रस्तुति दिने बताइएको छ ।

यहि माघ २४ गते शनिबारका दिन जन जागृति माध्यमिक विद्यालय योगीकुटीको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजक टिमले जनाएको छ । जागृती युवा क्लबको सह–आयोजना तथा तिलोत्तमा नगरपालिका वडा नम्बर २ को विशेष सहयोगमा हुने कार्यक्रममा गायक तथा मोडल दुर्गेश थापा र नायक पल शाहको उपस्थित रहने प्रा. लि. का प्रबन्ध निर्देशक राजबिर जायसवालले जानकारी दिए ।

रुपन्देहीमा रहेका अनाथ, असहाय तथा नेत्रहीनहरुको सहयोगार्थका यो कार्यक्रम गर्न लागिएको उनले बताए । कोभिड़का कारण बन्द रहेको सांगेतिक माहोललाई निरन्तता दिन आवश्यक रहेको बताउँदै उनले स्टेज शोहरु पनि गर्न आवश्यक ठानी कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । कार्यक्रमका लागि टिकट खुल्ला गरिसकेको आयोजक टिमले जानकारी दियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।