६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

काठमाण्डौं । अग्रज दृष्टान्त चित्रकार टेकवीर मुखियाले बनाएकोे रातो मछिन्द्रनाथको रथ यात्राको एउटा चित्र जापानमा भेटिँदा वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरलाई अचम्म लाग्यो । यो करीब ४० वर्षअघिको कुरा हो ।

Advertisement

जापानमा ‘क्यान यू फाइन्ड मी’ भन्ने पुस्तकमा उक्त चित्र समावेश थियो । त्यस पुस्तकमा उक्त चित्र नहुँदो हो त नेपाली भाषाले अर्थ पाउने थिएन । मानन्धर विगतलाई स्मरण गर्दै भन्छन्, “त्यसले नेपालीपनलाई चित्र भाषामार्फत जापानी नागरिकलाई बोध गराइरहेको थियो । सो चित्रले नेपाली परिभेषलाई राम्ररी चित्रण गरिरहेको थियो र जापानका नागरिकले नेपाली भाषा नबुझे पनि चित्रले नेपालीपन सजिलै बुझाइरहेको थियो ।”

सञ्चार प्रक्रियामा भाषा एउटा माध्यम हो । त्यससँगै इसारा, सङ्केत, हाउभाउ पनि सञ्चार प्रक्रियाका महत्वपूर्ण माध्यम हुन् । त्यसमा चित्र भाषा अझ सशक्त माध्यमका रुपमा लिइन्छ । भनिन्छ, एउटा चित्रले एक हजार शब्द बोल्छ । चित्रले बोल्ने मात्रै होइन मानिसलाई सजिलै बुझाउन पनि मद्दत गर्छ । बाल सहित्यकार मानन्धर नेपालजस्तो धेरै जातजाति र भाषाको खानी भएका मुलुकमा भाषा बोध गराउने सशक्त माध्यम चित्रकारिता हो भन्छन । उनी थप्छन्, “अहिलेको समाजमा चित्र भाषाको महत्व बढ्दो छ, एक अर्काको भाषा नबुझ्दा, त्यो जानकारी दिने शक्ति चित्रमा हुन्छ ।” त्यस कुरामा बाल साहित्य समाजका अध्यक्ष ध्रुव घिमिरे विचार पनि मिल्छ । उनले मनमा लागेको कुरा अभिव्यक्त गर्ने उपयुक्त माध्यम नै कला भएको बताए । मानिसको मनमा भाव अभिव्यक्त गर्ने र बोध गराउन चित्रले जस्तो प्रभावकारी अरूबाट हुनै नसक्ने उनको धारणा छ ।

विश्व इतिहासमा १६आँै शताब्दीदेखि नै चित्र पुस्तक प्रयोग हुँदै आएको थियो । वर्तमान समयमा यसको अझै महत्व बढी छ भन्छन्, अध्यक्ष घिमिरे । उनी अझै चित्रकलालाई बालसाहित्यसँग जोड्नै पर्ने आवश्यकता औँल्याउनुहुन्छ । ढुङ्गे युगमा पनि चित्रकला सशक्त माध्यम थियो भन्ने कुरा शास्त्र, शिलालेखमा पाइन्छ । ढुङ्गा, काठमा कुँदेर वा माटोमा चित्र बनाएर सञ्चारको आदानप्रदान हुन्थ्यो । त्यसैको विकसितरुपमा अहिलेको चित्रकारिता हो । नेपाल कमर्सियल आर्टिष्ट सङ्घका अध्यक्ष आइबी मल्ल भाषाको विकास हुनुअघि देखि नै चित्रमार्फत सञ्चारको आदानप्रदान भएको दृष्टान्त प्रस्तुत गर्दै आर्टले भाषा बुझ्न सहज हुने बताए ।

नेपालमै पनि विगतमा नेपाली भाषा धेरैले नबुझ्दा चित्रबाट सजिलै सञ्चार हुने गरेको अग्रज साहित्यकार तथा कलाकार बताउँछन् । “कतिपयलाई घोडा भन्ने थाहा हुँदैन, घोडाको चित्र बनायो भने त्यो सजिलै बुझिन्छ, मानिसले मात्रै होइन आँखा र दिमाग दुवैले सँगसँगै पढ्छन् र मानसपटलमा अडिग भएर रहन्छ,” बाल साहित्यकार मानन्धरले थपे ।

उनी चित्र नभए नेपाली भाषा धेरै ठाउँमा पुग्न नसक्ने जिकिर गर्छन् । चित्रकारको भनाइमा जीवन र जगत् बुझ्न चित्रले सघाउँछ । पहिलो शिक्षा भनेकै यही हो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य चित्र भाषा विश्व र एकअर्कामा जोड्ने माध्यम हो भन्छन् । प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक विभागका प्रमुख रमेशनाथ खनाल र प्राज्ञ परिषद् सदस्य देवी नेपालले दृष्टान्तकला कार्यशाला ललितकलाका लागि एउटा महत्वपूर्ण आयामका रुपमा रहेको बताए ।

दृष्टान्त चित्रकला कार्यशाला नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँमा चित्रको प्रभावकारितालाई दृष्टिगत गर्दै सचित्र बाल पुस्तकका लागि दृष्टान्त चित्रकला कार्यशाला आजदेखि शुरु गरिएको छ । ‘‘कार्यशालामार्फत ओझेलमा परेको दृष्टान्तकलालाई ब्युँताउने प्रसार गरेको र यसले ललितकलामा एउटा जागरण ल्याउनेछ’’, भन्छन् प्रतिष्ठानका अध्यक्ष कान्छाकुमार कर्माचार्य । कर्यशाला यही १६ गतेसम्म चल्नेछ ।

माध्यमिक विद्यालयका विद्यार्थी तथा पाठकका लागि लक्षित कार्यशालाले पुस्तकका लागि मौलिक र सुन्दर नमूना चित्र तयार पार्नेछ । कार्यशालाले नेपालका चर्चित दृष्टान्त चित्रकार, बाल साहित्यकारबीचको सम्बन्ध बलियो बनाउने र सीपको आदानप्रदान विश्वास गरिएको छ । अग्रज दृष्टान्त चित्रकार टेकवीर मुखियाले बाल सहित्यका लागि भनेर दृष्टान्त कला कार्यक्रम राखेकामा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रम क्रमिकरुपमा हुनुपर्नेमा जोड दिए ।

विश्व ललितकलाको क्षेत्रमा ग्राफिक्स कम्युनिकेशनको विधाको व्यापकता बढ्दै गइरहेको अवस्थामा दृष्टान्त कलाको औचित्य बढ्दो छ । सञ्चारका थुप्रै माध्यमको क्षेत्रमा ठूलो भूमिका रहने यस विधाले समयसापेक्ष खासै विकास हुन सकिरहेको छैन । त्यसैले यस विधालाई उत्कृष्ट र चुस्त बनाउन नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले दृष्टान्तकला कार्यशाला शुरु गरेको हो ।

कार्यशालामा नेपालका १० बाल साहित्यकारको सहभागिता छ । कार्यशालाको विज्ञका रुपमा अशोकमान सिंह र रामबाबु सुवेदीलाई आमन्त्रण गरिएको छ । सुवेदी र आचार्यद्वारा लिखित बाल कथामा आधारित कला कार्यशाला हुने र त्यसबाट तयार पारिएका चित्रमध्ये उत्कृष्ट चित्रबाट बाल पुस्तक तयार हुनेछ । कार्यशाला सम्पन्नताका लागि कुलपति कर्माचार्यको संयोजकत्वमा चित्रकार रमेशनाथ खनाल, अशोकमान सिंह, कृष्णगोपाल श्रेष्ठ, रामबाबु सुवेदी, विजयराज आचार्य र सुरेन्द्र गौतम सदस्य रहेको समितिले एक महिना अघिदेखि नै काम थालेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै