ताजा अपडेट »

बुटवलमा हाइपर मार्ट, ग्रोसरीदेखि स्टेशनरी एकै ठाउँमा

आइतबार, ११ माघ २०७७, ०९ : ३२
6 Shares

बुटवल । शैक्षिक सामग्रीहरु उपलब्ध गराउँदै आएको डेल्टा एजुकेशन मार्टले अन्नपूर्ण हाइपरसँग सहकार्य गर्दै हाइपर मार्ट सञ्चालनमा ल्याएको छ । बुटवलको मिलनचोकमा उपभोक्ताको मागलाई ध्यानमा राखेर हाइपर मार्केट सञ्चालनमा ल्याएको हो ।

मार्केटको औपचारिक उद्घाटन सोमबार हुने भएको डेल्टा एजुकेशनल मार्ट प्रा.लि.का अध्यक्ष लोकनाथ उपाध्यायले जानकारी दिए । ५ करोड लगानीमा शुरु भएको मार्केटमा दैनिक उपभोग्य वस्तुहरु उपलब्ध छन् । आधुनिक मार्ट संस्कृतिमा उपभोक्ताको आकर्षण बढ्दै गएको र माग बढेकोले डेल्टा एजुकेशनल मार्ट र अन्नपूर्ण हाईपर मार्केटिङले साझेदारीमा मार्केट सञ्चालनमा ल्याएको उनले बताए ।

मार्टको पहिलो तलामा ग्रोसरीसहित फलफूल, तरकारी तथा माछामासुजन्य सामग्री छन् । त्यस्तै दोस्रो तलामा शैक्षिक सामग्री र तेस्रो तलामा खेलकुद तथा फर्निचरका सामाग्री उपलब्ध छन् । एउटै छानामुनि सबै प्रकारका सामाग्री पाईने र ठूलो परिमाणमा खरिद बिक्री हुने भएकाले उपभोक्ताले अन्यत्रभन्दा सस्तो मूल्यमा सामान पाउने मार्केटका प्रबन्ध निर्देशक चोलाकान्त पाठकले दाबी गरे । उनले लघु उद्यमी तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिने बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।