ताजा अपडेट »

कर्मचारी बचत तथा लगानी कोषको अधिवेशन

शनिबार, १० माघ २०७७, ०९ : ३७
10 Shares

बुटवल । नेपाल नगरपालिका कर्मचारी एसोसिएसन ईकाई समिति बुटवल उपमहानगरपालिकाद्वारा संचालित कर्मचारी बचत तथा लगानी कोषको सत्रौ साधारण सभा तथा सातौ अधिवेशन शुक्रबार भएको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले सहकारिताका मध्यमबाट कर्मचारीहरु बीच भावनात्मक एकता बढाउनुका साथै सदस्यताको दायरा फराकिलो पार्न सुझाव दिए ।

अधिवेशनमा बचत तथा लगानी कोषका अध्यक्ष केशव ज्ञवालीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रेश्मीराज घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ । अधिवेशनबाट केशब ज्ञवाली अध्यक्ष, लक्ष्मी कुमारी अर्याल उपाध्यक्ष नारायण प्रसाद खनाल सचिव रेश्मीराज धिमिरे कोषाध्यक्ष रामप्रसाद पन्थी, सह-सचिव तथा राधिका श्रेष्ठ र शिक्षा थापा सदस्य रहने गरी सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनबाट शंकर ढकालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन भएको छ । जसको सदस्यहरुमा प्रकाशमणी बस्याल र राज कुमार सुवाल निर्वाचित भएका छन् ।

कोषका अध्यक्ष केशब ज्ञवाली अध्यक्षता तथा सचिव नारायण खनालको संचालनमा भएको कार्यक्रममा बुटवल उपमहानगरकी उपप्रमुख गोमादेवि आचार्य, नेपाल नगरपालिका कर्मचारी एशोसियसन छैठौं महाधिवेशन आयोजक समितिका सचिव सितु प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरका निमित्त प्रमुख प्रसासकिय अधिकृत मित्रमणि खनाल, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन ईकाई समिति बुटवलका अध्यक्ष ठगिश्वर पोखरेल, इकाईका पुर्व अध्यक्ष माधव वसेल तथा ज्ञान प्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।