ताजा अपडेट »

टी-१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ

शुक्रबार, ०९ माघ २०७७, १२ : ५१
4 Shares

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेका छन् । उनीहरु टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ जान लागेका हुन् ।

खड्का टी-१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहनेछन् । यस्तै मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट प्रतियोगिता खेल्नछन् । टी-१० लिग खेल्न नेपालका अर्का खेलाडी सोमपाल कामी यसअघि नै युएई जाएका छन् । उनले अरेबियन्स टोलीबाट खेल्नेछन् ।

टी-१० लिगका कारण खड्काबाहेक तीन जनाले हाल जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगितामा सहभागिता जनाएनन् । खड्काले भने एउटा खेल खेलेका थिए । टी–१० लिग यही माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

रासस
लेखकको बारेमा
रासस