२१ असार २०७९, मंगलवार

Jul 5, 2022

खलङ्गा । आर्थिक अवस्था कमजोर भएका जुम्लाका महिला पछिल्लो समयमा सहकारीबाट आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय तहमै सहकारी सञ्चालनमा आएपछि यहाँका महिलालाई सहकारीले आत्मनिर्भर बनाएको हो ।

Advertisement

जिल्लाको सिंजा गाउँपालिका–६ जोडुमा रहेको महादेव जनसेवा कृषि उत्पादक कृषक समूहबाट न्यूनतम ब्याजदरमा ऋण लिएर महिलाले आयआर्जनका काम गरेरका संस्था अध्यक्ष दलबहादुर बुढाले जानकारी दिए । उनले भने, “महिलाहरु सहकारीले बनाएका समूहमा आबद्ध भइ मासिक रूपमा बचत गरी ऋण लिएर आयआर्जनका काम गर्न थालेका छन् । आबद्धमध्ये १५ देखि २० महिलाले तरकारी खेती, व्यापार, भेडा बाख्रापालन लगायतका उत्पादनशील काम गर्दै आएका छन् ।”

पहिला सहकारीमा आबद्ध नहुँदा घर चलाउन मुस्किल हुने यहाँका महिलालाई अहिले सरकारीले विभिन्न प्रकार सीपमूलक तालिम दिएपछि उनीहरुका जीवनशैली विस्तारै परिर्वतन हँुदै गएको संस्थाका उपाध्यक्ष बेलकौरा बुढाले बताए । सहकारीबाट सिकेको सीपमूलकबाट तालिमले अहिले यहाँका महिलाले मासिक रु १० देखि १५ हजारसम्म आम्दानी गर्ने गरेका स्थानीयवासी धर्मकली बुढाले जानकारी दिए । सहकारीबाटै रु ४० हजार ऋण लिएर तरकारी खेती र व्यापार शुरु गरेको स्थानीयवासी मुनबहादुर बुढाले बताए ।

उनले भने, “आजभोलि मासिक रु पाँच हजार कमाउने गरेको छु। सहकारीले बचत गर्न र कमाउन सिकाएको छ। ” विसं २०७३ वैशाख १ गते स्थापना भएको सो संस्थाले कृषितर्फ पशुपालन, तरकारी खेती, राडीपाखी व्यापार र वैदेशिक रोजगारीका लागि पनि आफ्ना शेयर सदस्यलाई ऋण लगानी गर्दै आएको छ । महिलालाई सङ्गठित गर्दै उनीहरुको विकासका लागि महिलाले नै सञ्चालन गरेको सो कृषि उत्पादक कृषक समूहले साविकको शनिगाउँ गाविसका सहकारी मध्यनमूना सहकारीको रूपमा विकास भइरहेको सचिव जोबना बुढाले बताए ।

सो संस्थामा अहिले २४८ शेयर सदस्यमध्ये अधिकांश विपन्न परिवार रहेका छन् । ती मध्ये ६८ पुरुष, ६७ महिला, ५८ बालिका र अन्य ५५ ले बालबचत गर्ने गरेका छन् । पुरुष र महिलाले रु १०० बचत गर्ने गरेका छन् भने बालबचत मासिक रु ५० उठाउने गरिएको उनले जानकारी दिए । आफूले नै समूहमार्फत बचत गरेको पैसा सरकारीमा जम्मा गरेर शेयर दस्यहरुले त्यहीँबाट ऋण सहयोग लिएर आयआर्जनको काम गरिरहेका छन् । ऋण प्रवाह गर्दा समूहले सस्तो दिने गरेको सो संस्थाले जनाएको छ ।

स्थानीय तहमा सञ्चालनमा आएका संस्थाले किसानको मागलाई ध्यानमा राख्दै कृषि सहकारी संस्थाले अग्र्यानिक अन्न बालीको बीउ उत्पादनमा जोड दिएको तिला गाउँपालिका–१ मा रहेको समावेशी महिला सहकारी संस्थाका सचिव वसन्ती बस्नेतले जानकारी दिए । अन्यत्रबाट बीउ ल्याएर खेती गर्ने अवस्थाको अन्त्य गर्नका लागि यहाँका संस्थाले अन्नबालीको बीउ उत्पादनमा जोड दिएको यहाँका सहकारी बताउँछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ डुंगा डुब्दा १५ जना मछुवा बेपत्ता सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्यो गोली देखाई छिमेकी तर्साउने एक जना पक्राउ