ताजा अपडेट »

कैलाली तनावग्रस्त, आक्रमणबाट ७ प्रहरी घाइते

मंगलबार, १७ बैशाख २०७६, १६ : २१
8 Shares

वैशाख १७,

कैलाली । कैलालीको लम्की क्षेत्र तनावग्रस्त बनेको छ । ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ ।

घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले प्रदर्शन थालेका हुन् । उनीहरुले उचित क्षतिपूर्ती र दोषीलाई कारबाहीको माग राखेर पूर्वपश्चिम राजमार्गमा सवारीका साधन चल्न दिएका छैनन् । राजमार्ग खुलाउन गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेर घाइते बनाएका कैलालीका एसपी आभूषण तिमिल्सेनाले जानकारी दिए । अहिले पनि लम्कीबजार तनावग्रस्त छ । मृतकको शव आफन्तले उठाउन दिएका छैनन् । प्रर्दशन उग्र भएपछि भीड नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ । स्थिति तनावग्रस्त भएपछि लम्कीमा थप सुरक्षाकर्मी परिचालन गरिएको एसपी तिमिल्सेनाले बताए ।

फाइल तस्विर

राजमार्ग बन्द गरेर प्रदर्शनमा उत्रेका मृतकका आफन्त र प्रहरीबीच झडप हुँदा सात प्रहरी र एक शिक्षक घाइते भएका छन् । घाइतेको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लम्कीचुहा नगरपालिका ३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा १९ वर्षीया सुनिता रावलको ज्यान गएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।