ताजा अपडेट »

‘संसद बिघटनको मुद्धामा सर्बोच्च अदालतको निर्णय कुरौं’

सोमबार, १३ पुस २०७७, १८ : १७
6 Shares

बुटवल । संसद विघटनपछि नेपालमा विकसित राजनैतिक अन्यौलतालाइ निकासदिन सर्बोच्च अदालतको निर्णय कुर्नुपर्ने सरोकारवालाले बताएका छन् । अदालतमा बिचाराधीन मुद्धामा बाहिर बहस र आन्दोलन गर्नुको अर्थ नरहेको उनीहरुको तर्क छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली समूहका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठले प्रतिक्रियाबादीहरुको चलखेलले पार्टी बिभाजन भएको तर्क गरे ।

प्रधानमन्त्री केपि शर्मा ओलीले चालेको कदम संबैधानिक भएको तर्क गर्दै प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्रको कुरा भएको भन्दै ओलीको बचाउ गरे । सडकमा भैरहेको आन्दोलनको कुनै तुक नभएको उनको टीप्पणी छ । सडक आन्दोलन केका लागि सर्बोच्चको बिरुद्ध की प्रधानमन्त्री ओलीको बिरुद्ध भन्दै उनले प्रश्न समेत गरे । लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावबारे बोल्दै श्रेष्ठले तत्काल त्यो संभावना नरहेको दाबि गरे । यदि आइहालेमा फेस गरिने र आएपनि दूर्भाग्य नहुने समेत ठोकुवा गरे ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता युवराज गिरीले प्रधानमन्त्रीको कदम लोकतन्त्रको बिरुद्धमा रहेको आरोप लगाए । ओलीको गैरसंवैधानिक र तानाशाही शैलीले देश दुर्घटनामा पुगेकामा उनको चिन्ता थियो । सडक र सदनमा पनि सत्तारुढ दल रहेको भन्दै आफ्नो बिबाद मिलाउन नसक्नेले कांग्रेसलाई दोष दिन नहुने तर्क गरे । सर्बोच्च अदालतमा बिचाराधीन मुद्धामा धेरै बहस र बिरोध गर्न नहुने भन्दै अदालतलाइ प्रभाव पार्ने काम कसैले पनि गर्न नहुने बताए । नेता गिरिले अदालतको निर्णयको प्रतिक्षामा कांग्रेस रहेको र त्यो निर्णय नै सर्बमान्य हुने दाबि गरे ।

नेकपाको उन्मातले संविधानमाथि आक्रमण भएको उनको तर्क छ । उनले नेकपा फुट्नु भन्दा जुट्नु नै राम्रो हुने भन्दै जुटका लागि शुभकामना दिए । कार्यक्रममा बोल्दै अधिबक्ता तथा बरिष्ठ पत्रकार बालकृष्ण चापागाइले प्रधानमन्त्री ओलीले चालेको कदम संबैधानिक, अप्रजातान्त्रीक, जनघाती, आत्मघाती जघन्य अपराध भएको टिप्पणी गरे । दुनियामा सत्य एउटा मात्रै हुने भन्दै चापागाइले सत्यका पछि नलाग्ने पद,शक्ति र सत्ताका पछि लाग्नेहरु अपराधिक काम भएको समेत आरोप लगाए।

मुलुकमा अनिष्ट निम्त्याउने काम क्षमायोग्य नहुने भन्दै गलत काम गर्ने ओलीकापछि लाग्नेहरु आत्मघाती र संविधान बिरोधी भएको आरोप लगाए ।अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको संचालन क्लवका सचिव कपिल ज्ञवालीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।