ताजा अपडेट »

धौलागिरी सहकारीले गर्यो मर्जर प्रकृयाको बाटाे खुल्ला

आइतबार, १२ पुस २०७७, १३ : ३५
14 Shares

बुटवल । बुटवलमा रहेको धौलागिरी बहुउद्देश्यीय सहकारीले मर्जरको बाटो खुल्ला गरेको छ । आवश्यकताका आधारमा मर्जरको निम्ति सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ । शेयर सदस्यता बृद्धिलाई तिब्रता दिएको उक्त सहकारीले मर्जरको बाटो समेत खुल्ला राख्दै समान प्रकृति र उद्देश्यका सहकारी मर्जरको लागि आएमा त्यसको ढोका खुला राखेको हो ।

हाल उक्त सहकारीमा शेयर सदस्यको संख्या १ हजार २७७ पुगेको छ । सहकारी संस्थाको शनिबार बुटवलमा सम्पन्न २१ औं वार्षिक साधारणसभाले सहकारी मर्जर प्रकृयामा जानुपर्ने भएमा आवश्यकता अनुसार व्यबस्था मिलाउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको सचिव देवप्रसाद खनालले जानकारी दिए ।

त्यस्तै साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष गोबिन्द्र खनालले प्रस्तुत गरेको सहकारीको बहुउद्देश्यीय योजना पूरा गर्न उपयुक्त व्यबसायको खोजी, अध्ययन तथा सञ्चालन गर्ने प्रस्ताव समेत पारित भएको छ । मासिक नियमित बचत अधिकतम ५ हजारसम्म जम्मा गर्न सक्ने र ऐच्छिक बचतमा ५० लाख रुपैंयासम्म जम्मा गर्न सकिने, सैनामैना समन्वय उपसमिति गठन, संस्थाले आर्थिक वर्ष ०७६/७७ मा आर्जन गरेको नाफाको १२ प्रतिशत लाभांस वितरण गर्ने, सुत्केरी पौष्टिक आहार कार्यक्रमलाई निरन्तरता दिने, सहकारीले सञ्चालन गरेका बचत योजनाहरुलाई निरन्तरता दिने लगायतका प्रस्तावहरु पारित भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।