January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

गाँजासहित बाबुछोरा पक्राउ

333

चितवन । इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनीका १२ वर्षीय छोरा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई राप्ती नगरपालिका–४ झरना जाने सडकबाट पक्राउ गरिएको हो । जाँचका क्रममा उनीहरुको साथमा रहेको कालो झोलामा गाँजा भेटिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी ल्याइएको छ । गैँडाको आक्रमणबाट एक घाइते पूर्वी चितवनको खैरहनीमा गैँडाको आक्रमणबाट एक घाइते भएका छन् ।

घाइते हुनेमा खैरहनी नगरपालिका–११ का ४५ वर्षीय फुलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार तामाङलाई गैँडाले घर नजिकैको बारीमा आक्रमण गरेको हो । शुक्रबार राति गैँडाले आक्रमण गरेका उनीको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अपडेट