ताजा अपडेट »

देशभर हुरीबतास सहित पानी पर्ने

सोमबार, ०९ बैशाख २०७६, ११ : २७
34 Shares

बैशाख ९,

काठमाण्डौ । उपत्यकासहित देशभरका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । केही ठाउँको मौसम भने सफा छ । पश्चिमीसँगै स्थानीयले वायुको प्रभावले मौसम बदली भए पनि अहिले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् विभूती पोखरेलका अनुसार अहिले बदली भएको ठाउँको मौसम केहीबेरमा खुल्नेछ । तर दिउँसोपछि फेरि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने उनको अनुमान छ ।

यस्ताे छ तीनकाे माैसमी अनुमानः
बैशाख ०९ गते (सोमबार)

दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने छ। पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग/हुरी/बतास सहित हल्का वर्षाको संभावना छ ।

राति: देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्यांग सहित हल्का वर्षाको संभावना छ ।

बैशाख १० गते (मंगलबार)

दिउँसोः देशको पूर्वी तथा मध्य क्षेत्र लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने छ। पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग हुरी/बतास सहित हल्का वर्षाको संभावना छ ।

राति: देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग/हुरी/बतास सहित हल्का वर्षाको संभावना छ ।

बैशाख ११ गते (बुधबार)

दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने छ। पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग हुरी/बतास सहित हल्का वर्षाको संभावना छ ।

राति: देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग/हुरी/बतास सहित हल्का वर्षाको संभावना छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।