ताजा अपडेट »

गौतमबुद्ध बिमानस्थल निर्माणको म्याद सकिँदै,पुनः थपिने

शनिबार, २० मंसिर २०७७, १९ : ११
6 Shares

भैरहवा । भैरहवामा निर्माणाधिन गौतम बुद्ध बिमानस्थलको निर्माण अवधि सरकारले दिएको यहि पुष १५ गते सकिदैछ । अन्तिम पटक भनि दिईएको म्यादमा पनि राष्ट्रिय गौरवको आयोजना मानिएको बिमानस्थल निर्माण सम्पन्न नहुने निश्चित भएको छ ।

नागरिक उड्डययन, संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईले निर्धारित मितिमा निर्माण कार्य नसके पनि नेपालमा रहेको २२ वटा आयोजना मध्ये भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल पहिलो आयोजना हुने दावी गरेका छन् । अबको २५ दिनमा आयोजनाले अब थप समय किन थप्ने बारे स्पष्टिकरण दिन तयार रहन् उनले निर्देशन समेत दिए ।

बिशेष बिमान मार्फत बिमानस्थलको अवलोकन गर्न पुगेका भट्टराईले बन्दाबन्दीको समयमा पनि बिमानस्थलले उल्लेख्य प्रगति गरेका बताए । बन्दबन्दीको समयमा पनि बिमानस्थलले एउटा नया ट्याक्सी वे, टर्मिनल भवनमा फिनिसिङ्गको काम, लाईटिङ्ग लगायतको काममा उल्लेख्य प्रगति गरेको उनले बताए ।

आयोजनाको अन्तिम अन्तिम तिर आएर कोभिड–१९ ले प्रभाव पारेको कारण दक्ष जनशक्ति ल्याउन नसक्दा बाँकी काम रोकिएको स्विकार गर्दै मन्त्री भट्टराईले अब यसको विकल्प खोजिने बताए । आईसिबी २ को लागी टेण्डर लिएको एरो थाइ कम्पनीले दक्ष जनशक्ति झिकाउन नसक्दा आयोजनाको काम नै रोकिएकोले अब यसको विकल्प टेण्डर नै रद्द गर्ने वा विकल्प खोज्ने बारे मन्त्रालयले सोच बनाएको भट्टराईले बताए ।

३१ डिसेम्बर २०१४ मा काम शुरु भएको आयोजनाको ९३ प्रतिशत भन्दा बढि भौतिक प्रगति हासिल गरेको छ । ३ पटक म्याद थप गरी सकेको विमानस्थलले चौथो पटक ३१ मार्च २०२० सम्मका लागि म्याद थप पाएको थियो । अहिले फेरी ३१ डिसेम्बर २०२० सम्मका लागी पाचौं पटक म्याद थप गरिएको छ ।

निर्माणाधिन गौतम बुद्ध बिमानस्थलको आयोजना प्रमुख प्रवेश अधिकारीले सोमबार सम्म नै केही दक्ष चिनिया कामदार आउने जानकारी दिएका छन् । कोभिडको कारण रोकिएका कामदार अब चाडै नै आई पुग्ने र बिमानस्थलको कामले निरन्तरता पाउने अधिकारीले बताए ।

६ अर्ब ८२ करोडको लगानीमा सम्पन्न हुन लागेको आइसिबी–१ स्तरको विमानस्थल आयोजनामा एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ । यस्तै आईसिबी–२ अन्र्तगत बिमानस्थलमा जडान हुने उपकरणहरुका लागी पनि करिब ५० करोड लगानी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।