ताजा अपडेट »

कालिगण्डकी करिडोरको कालो पत्रे शुरु

मंगलबार, १६ मंसिर २०७७, १६ : ५०
8 Shares

गुल्मी । कालिगण्डकी करिडोर अन्तरगत गुल्मीमा रिडी–रुद्रवेणी–हर्मिचौर सडकखण्ड कालोपत्रे हुने भएको छ । सडकको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले रुरु क्षेत्र गाउँपालिका वडानम्बर–१ को रिडीमा कालोपत्रे गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

कालिगण्डकी करिडोर अन्तरगत गुल्मीमा रिडी–रुद्रवेणी–हर्मिचौर सडक खण्डको २१ किलोमिटर सडकको कालो पत्रे गर्न सुरु गरिएको छ । सडकको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एक कार्यक्रमका बिच कालोपत्रे गर्ने कार्यको शुभारम्भ गरेका छन् । करिडोर अन्तरगत गुल्मीमा रिडी–रुद्रवेणी–हर्मिचौर सडकको ५५ करोड ३० लाख ५३ हजार ८ सय ३५ रुपैयाँको लागतमा कालो पत्रे गर्ने कार्य सुरु भएको हो । निर्माण कम्पनीले ३० महिनाभित्र कालोपत्रेको काम सम्पन्न गर्ने ठेक्का सम्झौता भएको छ । कालोपत्रे निर्माण कार्यको शिलन्यास गर्दै मन्त्री ज्ञवालीले कालिगण्डकी करिडोर कुनै जिल्ला बिषेशको मात्रै नभएर देशकै समृद्धिको मार्ग भएको बताए । उनले भारत र चिन जोडने करिडोरले बिचमा पर्ने जिल्लाका नागरिको आर्थिक तथा सामाजिक जीवनमा ठुलो प्रभाव पार्ने बताए ।

कालिगण्डकी करिडोर सडक योजना पाल्पा र शर्मा सगुन जेविबिच ०७७ भदौ १६ गते सडक कालोपत्रेको सम्झौता भएको आयोजना प्रमुख सुवोध कुमार देवकोटाले बताए । सडकको सम्झौता अनुसार सडक ११ मिटर चौडाई, आठ मिटरको डवल लेन, एक मिटर चौडाईको नाली, दुई मिटर भाग सोल्दर छ । कालिगण्डकी करिडोर सडक योजना मार्फत नवलपुर, पाल्पा, गुल्मी, स्याङजा, पर्वत र वाग्लुङ गरेर ६ वटा जिल्लामा सडक निर्माणको काम भइरहेको छ । कालिगण्डकी गाउँपालिका प्रमुख बेदबहादुर थापाले रिडी आउन दुई दिन लाग्ने पुर्तिघाट र हर्मिचौरका नागरिक अहिले एक घण्टामा आउन थालेको बताए । करिडोरका कारण शाखा सडक पुगेका नागरिकहरुको पनि आर्थिक तथा सामाजिक स्थितीमा सुधार ल्याएको स्थानीयो भनाई छ ।

करिडोर निर्माणको लागि गुल्मीमा ०७० सालमा श्री कालिगण्डकी करीडोर सडक निर्माण कार्यदल गठन गरेर सेनाले सडक निर्माण गर्दै आएको छ । करिडोर अन्र्तगत रिडी पालुङ्गखोला खण्ड ४२ किलोमिटर र बाग्लुङ्गको मालढुङ्गा टाकुर पालुङ्ग खोला ३८ किलोमिटर गरि करिव ८० किलोमिटर सड्कको ट्याक सेनाले खोलेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।