ताजा अपडेट »

नवीनको ‘लेउ खुकुरी लेउ’ चर्चामा

आइतबार, १४ मंसिर २०७७, २२ : २२
4 Shares

बुटवल । चर्चित लोकगायक नवीन पौडेलको ‘लेउ खुकुरी लेउ’ बोलको गीतले दर्शकको मन जितिरहेको छ । पौडेलकै शब्द, संगीत र स्वर रहेको उक्त गीतमा भिडियोको अभिनयमा नवीन पौडेल, विष्णु भट्टराई, स्वीकृति पौडेल, पुष्पराज बराल, कृष्ण बास्तोला, कल्पना पाण्डे, धनराज पौडेल, प्रविन पौडेल लगायत छन् ।

केशब बडूले एरेन्ज गरेको गीतको भिडियो विष्णु भट्टराईले तयार गरेको सो गीतमा देशमा जुनसुकै व्यवस्था आएपनि जनताको जीवन परिवर्तन नभएकाले सच्चा नेताको आवश्यकता भएको भाव व्यक्त गरिएको छ । देशमा संघीयता कार्यान्वयन अवस्था रहेको र करिब दुई तिहाई मत प्राप्त सरकार पनि निरिह भएको अवस्थामा यो गीतले धेरैको मन छोएको छ ।

गीतमार्फत समसामयिक विषयमा चोटिलो प्रहार गरेको भन्दै प्रतिक्रिया आउने गरेको उनले बताए । दलिय आपसी द्वन्द्व र पुनः राजतन्त्रको लागि देशमा भएको आन्दोलनले वर्तमान व्यवस्थाप्रति रचिएको उक्त गीतले कटाक्ष गरेको छ । मौलाउँदो भ्रष्टाचार लगाएतका विषयमा रचित गीतले सकारात्मक उर्जा र प्रतिक्रिया दिएको उनको भनाई छ ।

भिडियो :-

https://youtu.be/KcEPGntrYw8
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।